प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा हेर्न वरिष्ठताका आधारमा संवैधानिक इजलास पुनर्गठन | ईमाउण्टेन समाचार

Our Network

वैशाख २५ २०८१, मंगलबार

प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा हेर्न वरिष्ठताका आधारमा संवैधानिक इजलास पुनर्गठन

काठमाडौं । प्रतिनिधि सभा विघटनविरुद्धको रिटमाथि सुनुवाइका लागि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले संवैधानिक इजलास पुनर्गठन गरेका छन् । आजबाट सुरु हुने सुनुवाईका लागि प्रधानन्यायाधीश राणाले वरियताका आधारमा नयाँ संवैधानिक इजलास गठन गरेका हुन् ।

सो इजलासमा राणासहित वरिष्ठताका आधारमा न्यायाधीशहरु दीपककुमार कार्की, मिरा खड्का, ईश्वर खतिवडा र आनन्दमोहन भट्टराई रहेका छन् ।

वरिष्ठताका आधारमा इजलास गठन भएमा प्रधानन्यायाधीश राणासहित न्यायाधीशहरु दीपककुमार कार्की, मिरा खड्का, हरिकृष्ण कार्की र विश्वम्भरप्रसाद श्रेष्ठ रहने थिए । तर गएको पुस ५ गते भएको प्रतिनिधिसभा विघटनविरुद्धको इजलासमा रहँदा केपी शर्मा ओली अघिल्लो पटक प्रधानमन्त्री हुँदा महान्यायाधीवक्ता रहेकाले उनैले गरेको विघटनको मुद्दामा न्यायाधीश हरिकृष्ण कार्कीले हेर्न नमिल्ने भन्दै उनी माथि प्रश्न उठेको थियो ।

सो पछि उनले इजलास छाडेका थिए र हाल पनि सोही समस्या आउने भन्दै उनले इजलासमा बस्न नमानेका हुन् । कार्कीले नमाने पछि वरियताका छैठौँ स्थानका खतिवडा इजलासमा परेका हुन् ।

त्यसैगरी वरिष्ठ ५ का विश्वम्भरप्रसाद श्रेष्ठ पनि अस्वस्थ भएका कारण वरियताका सातौँ स्थानका आनन्दमोहन भट्टराईले इजलासमा स्थान पाएका हुन् ।

यसअघिको इजलास विवादमा परेपछि वरिष्ठताका आधारमा इजलास बनाउन न्यायाधीशहरुले दबाब दिएका थिए । प्रधानन्यायाधीश राणाले यसअघि पिक एण्ड चुजका आधारमा संवैधानिक इजलास गठन गरेपछि इजलासमा राखिएका न्यायाधीशद्वय तेजबहादुर केसी र बमकुमार श्रेष्ठको विषयमा विवाद भएको थियो । आफूहरुमाथि प्रश्न उठेपनि केसी र श्रेष्ठले इजलास छोड्न नमाने पछि न्यायाधीशहरु दीपककुमार कार्की र आनन्द मोहन भट्टराईले इजलास छोडेका थिए । सो पछि प्रधानन्यायाधीश राणाले सवोच्च बारका पदाधिकारीसँगको छलफल र सर्वोच्च अदालतका न्यायाधीशहरुको पूर्ण बैठकमा अवको संवैधानिक इजलास वरिष्ठताका आधारमा गठन गर्ने प्रतिवद्धता जनाएका थिए ।

जेठ ८ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफरिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले दोश्रो पटक प्रतिनिधिसभा विघटन गरेकी थिइन् । सो विरुद्ध सर्वाेच्चमा ३० रिट निवेदन दर्ता भएका छन् ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);