गण्डकी प्रदेशसभाको बैठक स्थगित | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

गण्डकी प्रदेशसभाको बैठक स्थगित

पोखरा । गण्डकी प्रदेशसभाको बैठक स्थगित भएको छ । कार्यव्यवस्था समितिको बैठकमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत लिने सम्वन्धमा शनिबार बसेको प्रतिपक्षसँग सहमति नभएका कारण आजको प्रदेशसभा बैठक स्थगित भएको हो ।

शनिबारको कार्यपरामर्शको बैठकमा मुख्यमन्त्री गुरुङले जेठ २७ गते विश्वासको मत लिने बताएका थिए । तर, उनको प्रस्तावप्रति विपक्षीहरुले असहमति जनाएका थिए ।

विपक्षीहरु मुख्यमन्त्रीले छिटोभन्दा छिटो विश्वासको मत लिएर गतिरोध अन्त्यमा सघाउनु पर्ने धारणा राख्दै आएका छन् ।

प्रतिपक्षले प्रत्येक सांसदहरुले १० मिनेट प्रस्तावका बारेमा आफ्ना भनाइ राख्न दिनेगरी अगाडि नै बैठक डाकेर अविश्वासका प्रस्तावमा छलफल चलाउनु पर्ने माग गरेको तर, सरकार त्यसमा सहमत नभएपछि बैठक अवरुद्ध गरिएको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);