Our Network

असार ९ २०७८, बुधवार

कर्णाली प्रदेशमा कांग्रेसका दुई मन्त्रीले आज सपथ ग्रहण गर्दै

सुर्खेत । कर्णाली प्रदेशमा नेपाली कांग्रेसबाट मन्त्री बनेका दुई जनाको सपथ आज हुने भएको छ ।

नेपाली कांग्रेसबाट मन्त्री बन्न लाग्नुभएका सामाजिक विकासमन्त्री यज्ञबहादुर बिसी र जलस्रोत तथा ऊर्जा विकासमन्त्री दिनबन्धु श्रेष्ठले आज सपथ लिने भएको हो ।

सपथ ग्रहण कार्यक्रम दिउँसो २ बजेका लागि तय भएको कर्णाली प्रदेश सरकारले जनाएको छ ।

सुर्खेतका बिसी र जुम्लाका श्रेष्ठ दुवै समानुपातिक सांसद हुन् ।

नेकपा एमालेले चैतको पहिलो साता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई दिएको समर्थन फिर्ता लिएको थियो तर वैशाख ३ गते विश्वासको मत लिने क्रममा शाहीको पद एमालेको माधव पक्षले जोगाइदिएको थियो ।

Leave a Reply