परराष्ट्र मन्त्रीमा खड्का ल्याउने तयारी, आजै सपथ ग्रहण हुने | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

परराष्ट्र मन्त्रीमा खड्का ल्याउने तयारी, आजै सपथ ग्रहण हुने

काठमाडौं । सत्तारुढ गठबन्धनमा परराष्ट्र मन्त्रालय नेपाली कांग्रेसले लिने सहमति जुटेको छ । कांग्रेस सांसद नारायण खड्कालाई मन्त्री बनाउने भएको छ । सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुबीच मंगलबार साँझ भएको छलफलमा परराष्ट्रमन्त्री तत्काल नियुक्त गर्ने सहमति भएको हो ।

स्रोतका अनुसार प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले डा. नारायण खड्कालाई परारष्ट्रमन्त्री बनाउने बताएका छन् । कांग्रेसको आन्तरिक समीकरणमा थप उथलपुथल नभए खड्काले आज शपथ लिनेछन् । अरु मन्त्रालय भागवण्डाबारे छलफल गर्न भोलि फेरि बैठक बस्ने नेताहरुले बताएका छन् ।

२९ असारमा प्रधानमन्त्री नियुक्त भएका देउवाले त्यही दिन चार मन्त्री नियुक्त गरेका थिए । कांग्रेसबाट बालकृष्ण खाँण गृह र ज्ञानेन्द्रबहादुर कार्की कानूनमन्त्री भएका छन् भने माओवादी केन्द्रबाट जनार्दन शर्मा अर्थ र पम्फा भुसाल उर्जामन्त्री छन् । यस्तै १० साउनमा कांग्रेस सांसद उमेश श्रेष्ठ स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री बनेका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);