गठबन्धनको बैठक जारी, मन्त्रालय बाँडफाँडका विषयमा छलफल | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

गठबन्धनको बैठक जारी, मन्त्रालय बाँडफाँडका विषयमा छलफल

काठमाडौं । सत्तारुढ गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटरमा जारी रहेको छ ।

मंगलबार बिहान बसेको बैठकमा मन्त्रिपरिषद् विस्तारका लागि दलहरुले पाउने मन्त्रालयका विषमया छलफल भएको छ ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा लगायत नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपा, एकीकृत समाजवादीका शीर्ष नेताहरुको सहभागी भएका छन् ।

यसअघि सोमबार पनि गठबन्धनको बैठक बसेको थियो । बैठक मन्त्रिपरिषद्लाई चाँडै पूर्णतामा दिने विषयमा सहमति भएको थियो ।

आजको बैठकमा भने कुन कुन दलले कति र कुन मन्त्रालय पाउने भन्ने विषयमा छलफल गर्ने बताइएको छ ।

गएको असार २९ गते प्रधानमन्त्री नियुक्त भएका देउवाले हालसम्म मन्त्रिपरिषद्लाई पूर्णता दिन चौतर्फी आलोचना भईरहेको छ ।

सरकारलाई पूर्णता दिनका लागि भन्दै गठबन्धन र शीर्ष नेताहरुको पटक पटक बैठक तथा भेटवार्ताहरु हुँदै आएपनि सरकार निर्माणको डेढ महिना हुन लाग्दासमेत मन्त्रिपरिषद्ले पूर्णता नपाउँदा सरकारको चौतर्फी आलोचना भईरहेको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);