भट्टको निधनले प्रगतिशील साहित्यिक आन्दोलनमा क्षति : मोहनविक्रम सिंह | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

भट्टको निधनले प्रगतिशील साहित्यिक आन्दोलनमा क्षति : मोहनविक्रम सिंह

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (मसाल) महामन्त्री मोहनविक्रम सिंहले साहित्यकार आनन्दराम भट्टको निधनले प्रगतिशील साहित्यिक आन्दोलनमा क्षति पुगेको बताएका छन् ।

सिंहले मंगलबार विज्ञप्ति जारी गर्दै भट्टले नेपाली प्रगतिशील साहित्यिक आन्दोलनलाई अगाडि बढाउन महत्वपूर्ण योगदान दिएको र उनको निधनबाट नेपालको प्रगतिशील साहित्यिक आन्दोलनमा गम्भीर क्षति हुन पुगेको जनाएका छन् ।

प्रगतिशील लेखक संघका पूर्वअध्यक्ष तथा प्रगतिशील साहित्यकार तथा चिन्तक भट्टको ८६ वर्षको उमेरमा सोमबार निधन भएको थियो । ‘हामी उहाँको मृत्युप्रति गहिरो दुःख व्यक्त गर्दै सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गर्दछौँ,’ सिंहले भनेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);