सत्तारुढ गठबन्धनको बैठक बालुवाटारमा जारी, बैठकमा मन्त्रिपरिषद् विस्तारबारे छलफल हुँदै | ईमाउण्टेन समाचार

Our Network

भदौ १६ २०८१, आइतबार

सत्तारुढ गठबन्धनको बैठक बालुवाटारमा जारी, बैठकमा मन्त्रिपरिषद् विस्तारबारे छलफल हुँदै

काठमाडौं । सत्तारुढ गठबन्धनको बैठक जारी छ । मन्त्रालयको टुंगो लगाउन प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार सत्तारुढ दलको बैठक बसेको हो ।

जारी बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, जनता समाजवादी पार्टी जसपाका अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष डाक्टर बाबुराम भट्टराई, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालको सहभागिता छ ।

नयाँ सरकार गठन भएको लामो समय वितिसक्दा समेत मन्त्रिपरिषद् विस्तार नहुँदा प्रधानमन्त्री देउवाको आलोचना हुँदै आएको छ । मन्त्रिपरिषद्लाई पूर्णता दिने विषयमा छलफल गर्न आइतबर पनि गठबन्धका नेताहरुबीच दुई पटकसम्म छलफल भएको थियो । जसमा हाल कांग्रेसले ७, माओवादी केन्द्रले ६, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले ४–४ वटा मन्त्रालय लिने सहमति भएको जनाइएको छ ।

यद्यपी मन्त्रालय बाँडफाँडका विषयमा कुरा मिलिनसकेको बताइएको छ । प्रधानमन्त्री देउवाले भने मन्त्रिहरुको टुंगो लगाएर आज नै मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारीमा लागेको कांग्रेस नेताहरुले जनाएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);