सत्तारूढ गठबन्धनको बैठक आज पनि बस्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

सत्तारूढ गठबन्धनको बैठक आज पनि बस्दै

काठमाडाैं । सत्तारूढ गठबन्धनको बैठक आज पनि बस्ने भएको छ ।

बुधबार पनि बसेको बैठक आज बिहान साढे ८ बजे पुन गठबन्धनका शीर्ष नेताहरू छलफल गर्ने कार्यक्रम तय भएको छ ।

बुधबार भएको छलफलमा मन्त्रिपरिषदलाई छिट्टै पूर्णता दिने र गठबन्धनबाट सरकारका न्युनतम साझा कार्यक्रम ल्याउने जस्ता विषयमा छलफल भएको थियो । मन्त्रिपरिषदलाई पूर्णता दिन गठबन्धनका नेताहरू आज बिहान फेरि छलफलमा जुट्न लागेको बताइएको छ ।

कुन पार्टीले कति र कुन–कुन मन्त्रालय तथा को मन्त्री भन्नेबारे छलफल हुने भन्ने बारेमा छलफल हुने बताईएको छ । मन्त्री छान्ने काम शीर्ष नेताहरूले पाइसकेका छन् । देउवा सरकारमा चार मन्त्री र एक राज्यमन्त्रीमात्रै छन् ।

सत्ता गठबन्धनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेको माधवकुमार नेपाल पक्ष, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा छ । नेता नेपाल पक्षका सांसदहरू भने सरकारमा जाने कि नजाने यकिन भइसकेको छैन । जनमोर्चाले आफूहरू सरकारमा नजाने बताइसकेको छ ।

जसपाबाट मन्त्री को हुने भन्ने टुंगिसकेको छैन । कांग्रेस र माओवादीका २–२ जना यसअघि नै मन्त्री भइसकेका छन् भने बाँकी मन्त्री टुंग्याइसकेका छैनन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);