सांसद पदमा पुनर्बहालीको माग गर्दै चार पूर्वमाओवादी नेताहरु सर्वोच्चमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

सांसद पदमा पुनर्बहालीको माग गर्दै चार पूर्वमाओवादी नेताहरु सर्वोच्चमा

काठमाडौं । नेकपा माओवादी केन्द्रबाट एमाले प्रवेश गरेका चार नेताले सांसद पदमा पुनर्बहालीको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।

नेताहरु टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीले आफूहरुलाई सांसद पदमा पुनर्बहाली गर्न माग गर्दै बुधबार सर्वोच्चमा रिट दर्ता गरेका हुन् ।

फागुन २३ गतेको सर्वोच्च अदालतको फैसलाले नेकपा विघटन गरी एमाले र माओवादी केन्द्र अस्तित्वमा आएपछि उहाँहरु माओवादी छाडेर एमाले प्रवेश गरेका थिए ।

त्यसपछि माओवादी केन्द्रले उनीहरुलाई कारबाही गर्दै सांसदबाट पदमुक्त गर्न संसद सचिवालयलाई पत्र पठाएको थियो । माओवादी केन्द्रको पत्रको आधारमा सभामुख अग्निप्रसाद सापकोटाले चारै जनाको सांसद पद रिक्तभएको जानकारी दिएका थिए ।

सांसद पदबाट मुक्तभएको तीन महिनापछि उहाँहरुले पुनर्बहालीको मागगर्दै सर्वोच्चअदालतमा रिट दर्ता गरेका हुन् ।

चार पूर्वमाओवादी नेताले आफूहरु नेकपा एमाले र माओवादी केन्द्रको संयुक्त घोषणापत्रका आधारमा दुबै दलका मतदाताको मतले विजयी भएको भन्दै आफूहरुले जनताको प्रतिनिधित्व गर्न पाउने अधिकार कुण्ठित गर्न नपाउने बताएका छन् ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);