कांग्रेस बैठक : क्रियाशील सदस्यतासम्बन्धी विवाद टुंगो लगाउने जिम्मा पुन: छानवीन समितिलाई | ईमाउण्टेन समाचार

Our Network

चैत १० २०८०, शनिबार

कांग्रेस बैठक : क्रियाशील सदस्यतासम्बन्धी विवाद टुंगो लगाउने जिम्मा पुन: छानवीन समितिलाई

काठमाडौं । नेपाली कांग्रेसले पार्टीको क्रियाशील सदस्यतासम्बन्धी बाँकी विवाद टुंग्याउने जिम्मेवारी पुनः क्रियाशील सदस्यता छानवीन समितिलाई नैै दिएको छ ।

पार्टी सभापति शेरबहादुर देउवाको बुढानिलकण्ठस्थित निवासमा बुधबार बसेको पार्टी पदाधिकारी तथा पूर्व पदाधिकारी बैठकले टुंगो लगाउन नसकेका ठाउँको क्रियाशील सदस्यता सम्बन्धी विवादमा पनि सहमति जुटाउने जिम्मेवारी क्रियाशील छानवीन समितिलाई नैै दिएको हो ।

करिव २४ घण्टा भित्रै क्रियाशील सदस्यतासम्बन्धि विवाद टुंगो लगाउने जिम्मेवारी रमेश लेखक नेतृत्वको केन्द्रिय क्रियाशील सदस्यता छानवीन समितिलाई नै दिइएको पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

नेता लेखक नेतृत्वको छानवीन समितिले गत मंगलबार पार्टी सभापति देउवालाई पार्टीको क्रियाशील सदस्यता छानवीन समितिको प्रतिवेदन बुझाएको थियो ।

“सो समितिले बुझाएको प्रतिवेदनमा रहेको अधुरो काम पूरा गर्ने जिम्मेवारी पार्टीको आजको बैठकले सोही समितिलाई दिएको छ ।”

बैठकपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदैै प्रवक्ता शर्माले भने, “भोली दिउँसो उहाँहरुले जे निष्कर्ष लिएर आउनुहुन्छ, त्यसलाई टुंग्याउने काम पार्टीको केन्द्रिय कार्य समितिले गर्नेछ ।”

काँग्रेसको पदाधिकारी तथा पूर्व पदाधिकारीहरुको बैठक भोली दिउँसो २ बजे पुनः पार्टी सभापति देउवाकै निवास बुढानिलकण्ठमा बस्नेछ ।

बैठकले पार्टीको आसन्न महाधिवेशनको तयारीका विषयमा विस्तृत रुपमा छलफल गर्ने प्रवक्ता शर्माले बताए । हालसम्म १४ औं महाधिवेशनको भदौैं १६–१९ मा तोकिएको मिति सार्ने विषयमा पार्टी भित्र कुनै छलफल नभएको कांग्रेसले स्पष्ट पारेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);