नेपाली कांग्रेसका नेता-कार्यकर्ताको आमरण अनसन तोडियाे | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

नेपाली कांग्रेसका नेता-कार्यकर्ताको आमरण अनसन तोडियाे

काठमाडाैं । पार्टीको क्रियाशील सदस्यता वितरणमा न्याय गर्न माग गर्दै आएका नेपाली कांग्रेसका नेता, कार्यकर्ताको आमरण अनसन तोडिएको छ ।

१० दिनयता पार्टी केन्द्रिय कार्यालय सानेपामा आमरण अनसन बस्दै आएका पार्टीका केन्द्रिय सदस्य डाक्टर चन्द्रमोहन यादवसहित धनुषा, रौतहट, बारालगायतका नेता, कार्यकर्ताको माग सम्बोधन गर्ने गरी ६ बूँदे सहमति भएपछि आमरण अनसन तोडेका हुन् ।

पार्टीको तर्फबाट उनीहरुको माग सम्बोधन गर्ने ६ बूँदे सहमतिमा नेता डा. रामशरण महत र डा. प्रकाशशरण महतले हस्ताक्षर गरेपछि आफूहरुमाथि न्याय हुने अपेक्षामा साथ आमरण अनसन तोडिएको केन्द्रीय सदस्य यादवले जानकारी दिए ।

यता, काँग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतले पार्टी नेतृत्वले उहाँहरुको माग सम्बोधन गर्ने विश्वास व्यक्त गरे।

पार्टीको जिल्ला छानवीन समितिको निर्णय अनुसार क्रियाशील सदस्यता सम्बन्धि विवाद टुंगो नलगाएपछि यादवसहित तराईका विभिन्न जिल्लाका नेताहरु पार्टी केन्द्रिय कार्यालयमा आमरण अनसन बस्दै आएका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);