खुसीयाली मनाउन डा. केसीलाई योगेश भट्टराईको आग्रह | ईमाउण्टेन समाचार

Our Network

वैशाख २५ २०८१, मंगलबार

खुसीयाली मनाउन डा. केसीलाई योगेश भट्टराईको आग्रह

काठमाडौं, ११ माघ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता योगेश भट्टराईले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित भएकोमा खुसीयाली मनाउन वरिष्ठ चिकित्सक गोविन्द केसीलाई आग्रह गरेका छन् ।

डा. केसीको माग शतप्रतिशत सम्बोधन हुनेगरी सो विधेयक प्रतिनिधिसभाले पारित गरेको नेता भट्टराईको दावी छ । उनले सो विधेयक पारित भएसँगै नेपाली विद्यार्थीहरुले पैसा खर्च गरेर बाहिर चिकित्सा शिक्षा अध्ययनका लागि जानुपर्ने अवस्थाको अन्त्य भएको बताए ।

नेता भट्टराईले संचारकर्मीमाझ चिकित्सा क्षेत्र सुधारको माग गर्दै सदाका लागि आमरण अनसन बस्नु नपर्ने गरी सो विधेयक पारित गरिएको भन्दै आमरण अनसन छोड्न पनि वरिष्ठ चिकित्सक केसीसँग आग्रह गरे ।

नेता भट्टराईले सो विधेयक विगतमा सरकारले गठन गरेको समिति, कार्यदल लगायतको सुझाव पनि समेटेर पारित गरिएको बताए ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);