वरिष्ठ चिकित्सक केसीलाई सरकारले फेरी पनि ठूलो धोका दियाे : गगन थापा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

वरिष्ठ चिकित्सक केसीलाई सरकारले फेरी पनि ठूलो धोका दियाे : गगन थापा

काठमाडौं, २५ पुस । बहुप्रतिक्षित राष्ट्रिय चिकित्सा शिक्षा विधेयक संघीय संसदको शिक्षा तथा स्वास्थ्य समितिले बहुमतले पारित गरेको छ । समितिको बुधबार सिंहदरबारमा बसेको बैठकले विवादित विषयमा छलफल गरेर सुझाव दिन गठित उपसमितिले तयार पारेको प्रतिवेदन समितिको बैठकले हुबहु बहुमतले पारित गरेको हो ।

काँग्रेसका ४ जना सांसदहरुले भने सो विधेयकमा फरक मत राखेका थिए । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसदहरुको बहुमतले विधेयक पारित गरेपछि त्यसमा असहमति राखेका समितिका सदस्य एवम् काँग्रेस सांसद गगन थापाले केसीको माग पूरा नगरी प्रतिवेदन पारित हुनु थियो भने किन सरकारले केसीसँग सहमति गरेको भनि प्रश्न गरेका छन् । उनले वरिष्ठ चिकित्सक केसीलाई सरकारले फेरी पनि ठूलो धोका दिएको प्रतिक्रिया दिए ।

बैठकमा प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सांसदहरुले वरिष्ठ चिकित्सक गोविन्द केसीसँग गरिएको सहमति विपरितका बुँदाहरु पनि समावेश गरिएको भन्दै सो विधेयकमा फरक मत राखेका थिए । २३ जना समितिका सदस्यमध्ये १८ जना बैठकमा सहभागी थिए । उनीहरु मध्ये १४ जना सांसदहरुको बहुमतले सो विधेयक पारित गरिएको समितिकी सभापति जयपुरी घर्तीमगरले जानकारी दिइन् ।

चिकित्सक गोविन्द केसीसँग गरिएको सहमति अनुसार नै विधेयक पारित : योगेश भट्टराई

यता, सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का सांसद योगेश भट्टराईले भने विधेयक वरिष्ठ चिकित्सक गोविन्द केसीसँग गरिएको सहमति अनुसार नै पारित भएको दावी गरे । उनले विधेयकले चिकित्सा क्षेत्रको सुधारमा उल्लेख्य योगदान पु-याउने विश्वास पनि व्यक्त गरे ।

विधेयकको प्रस्तावना, काठमाडौं बाहिर मेडिकल कलेज खोल्ने, सिटिईभिटीको कार्यक्रम फेज आउट गर्ने लगायतका विषयमा समितिमा सत्तारुढ दल नेकपा र प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सांसदबीच मत बाझिएको थियो ।

विधेयकमा यस अघि सम्बन्धन लिएका मेडिकल कलेजहरु खारेज नहुने व्यवस्था राखिएकोमा काँग्रेस सांसदहरुको आपत्ति छ । सोही बुँदा वरिष्ठ चिकित्सक गोविन्द केसीसँग सरकारले गरेको सहमति विपरितको बुँदा पनि हो ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);