सांसदहरुले उठाएका प्रश्नको जवाफ दिन सरकारलाई राष्ट्रिय सभाका अध्यक्षको रुलिङ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

सांसदहरुले उठाएका प्रश्नको जवाफ दिन सरकारलाई राष्ट्रिय सभाका अध्यक्षको रुलिङ

Ganeshtimilsina

काठमाडाैं, २५ पुस । राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले सांसहरुले बैठकमा उठाएका विषयबारे जवाफ दिन सरकारलाई रुलिङ गरेका छन् । बुधबारको बैठकमा सुन्य र विशेष समयमा सांसदहरुले बोल्ने क्रम सकिएपछि अध्यक्ष तिमिल्सिनाले बैठकको सुन्य र विशेष समयमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिन सरकारलाई रुलिङ गरेका हुन् ।

उनले भने “राष्ट्रिय सभा नियमावलि २०७५को नियम १५ को उपनियमा २ बमोजिम शुन्य समय र विशेष समयमा उठेका सार्वजनिक सरोकारका समसामयिक विषयहरुको जवाफ ५ दिन भित्र सदनलाई उपलब्ध गराउन नेपाल सरकारका सम्बन्धीत माननिय मन्त्रीहरुलाई निर्देश गर्दछु ।”

यसैबीच आजको बैठकले प्रदेश लोकसेवा आयोग (आधार र मापदण्ड) विधेयक २०७५लाई विचार गरियोस् भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ । प्रधानमन्त्रीको तर्फबाट कानुन न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकालले सो विधेयक पेश गरेका थिए । राष्ट्रियसभाको अर्को बैठक माघ २ गते १ बजेका लागि बोलाईएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);