कर्मचारी समायोजन अध्यादेशको विरोधमा सरकारी चिकित्सक आन्दोलित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

कर्मचारी समायोजन अध्यादेशको विरोधमा सरकारी चिकित्सक आन्दोलित

bir hospital

काठमाडौं, २५ पुस । कर्मचारी समायोजन अध्यादेश २०७५ को विरोध गर्दै सरकारी चिकित्सकहरु आन्दोलनमा उत्रिएका छन । निजामति कर्मचारी सरह सुविधाको माग गर्दै सरकारी चिकित्सकहरु(गेदान) कालो पट्टी बाधेर विरोधमा उत्रिएका छन ।

स्वास्थ्य सेवा ऐन अन्तरगत काम गरिरहेका उनिहरुले नयाँ बनेको निजामती सेवा ऐनले सेवा कटौती गरेको भन्दै विरोध गर्दै आएका छन । उनिहरुले निजामति कर्मचारी र आफुहरुलाई ऐनले छुट्टाएको भन्दै निजामति कर्मचारी सरहको सुविधा माग गरेका छन ।

सरकारी अस्पताललाई प्रतिष्ठानमा रुपान्तरण गरेको भन्दै त्यसको समेत उनिहरुले विरोध गर्दै आएका छन । उनिहरुले काठमाडौं वीर अस्पतालवाट सुरु भएको विरोधको कार्यक्रम माग पुरा नभए देशभर आन्दोलन गर्ने चेतावनी दिएका छन ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);