आन्दोलनरत सरकारी चिकित्सक सामूहिक बिदामा बसे, बिधेयक नसच्याए राजीनामा दिने चेतावनी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

आन्दोलनरत सरकारी चिकित्सक सामूहिक बिदामा बसे, बिधेयक नसच्याए राजीनामा दिने चेतावनी

doctors

काठमाडौं, ८ फागुन । कर्मचारी समायोजन बिधेयक सच्याउन माग गर्दै आन्दोलन गरिरहेका सरकारी चिकित्सकहरु बुधवार सामूहिक बिदामा बसेका छन् ।

सरकारले आफना माग सम्बोधन नगरेको भन्दै सामूहिक बिदामा बस्न बाध्य भएको चिकित्सकहरुको भनाई छ । सरकारी चिकित्सकहरुले कर्मचारी समायोजन बिधेयकले आफूहरुलाई बिभेद गरेको भन्दै आन्दोलन गर्दै आएका छन् । उनीहरुले बिधेयकले आफूहरुको सेवा सुबिधा र वृत्ति बिकास रोकेको गुनासो गरेका छन् ।

सरकारी चिकित्सकहरुको साझा संगठन गोदानले सामूहिक बिदामा बस्दा पनि सरकारी माग सम्बोधन नगरे शुक्रवार सामूहिक राजीनामा दिने चेतावनी समेत दिएका छन् । सरकारी चिकित्सकहरुले बिरोध स्वरुप मंगलवार राजधानीको माईतीघर मण्डलामा सामूहिक रक्तदान समेत गरेका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);