बेलायतको सहयोगमा निर्माण भएको सडक नगरपालिकालाई हस्तान्तरण | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

बेलायतको सहयोगमा निर्माण भएको सडक नगरपालिकालाई हस्तान्तरण

bajura sadak

बाजुरा, ८ फागुन ।  बाजुराको त्रिवेणी नगरपालिकामा बेलायत सरकारको सहयोगमा निर्माण भएको सडक नगरपालिकालाई हस्तान्तरण गरिएको छ । बेलायत सरकारको ग्रामिण पहुँच कार्यक्रम अन्तर्गत ६० करोड भन्दा बढीको लगानीमा सडक निर्माण भई हस्तान्तरण गरिएको हो ।

बेलायत सरकारको सहयोगमा ग्रामिण पहूँच कार्यक्रमले २०७० सालमा निर्माण सूरु गरेको मौरे– कैलाशमाण्डु तथा मौरे–तोलीे–छतारा सडक २०७५ मा निर्माण सम्पन्न भएको हो । सडकको लम्वाई २९ दशमलव ६८ किलोमिटर रहेको छ । करिब ६० करोड ५२ लाखको लागतमा निर्माण सम्पन्न भएको सडक अहिले त्रिवेणी नगरपालिकालाई हस्तान्तरण गरिएको छ ।

बेलायत सरकारको अनुदान सहयोगमा सडक निर्माण भए सँगै त्रिवेणी नगरपालिकाका सबै वडाहरुमा सडकको पहुँच पुगेको छ । गाउँमै सडक निर्माण भएपछि स्थानीयहरुको जीविकोपार्जनमा समेत टेवा पुगेको छ । सडक निर्माणमा स्थानीयहरुलाई नै रोजगारी दिने उद्देश्यले सडक निर्माणमा डोजरको प्रयोग नगरी स्थानीय जनशक्तिको प्रयोग गरिएको थियो । आफ्नो गाँउ ठाँउमा आफ्नै श्रमबाट गुणस्तरीय सडक निर्माण भएकोमा स्थानीयहरु पनि निकै हर्षित छन् ।

सडक निर्माणको अवधिमा स्थानीयले ज्यालावापत ५० करोड ७० लाख आयआर्जन गर्न पाएका थिए । त्रिवेणी नगरपालिकामा सडक निर्माण सम्पन्न भएसँगै सो क्षेत्रका स्थानीयहरुको यातायात क्षेत्रमा पहुँच बढेको छ । सडक हस्तान्तरणसंगै स्थानीयहरुले देउडा खेल र बाजागाजा सहित खुशीयाली मनाए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);