कालोपत्रे गरेको १ वर्ष नपुग्दै सडक जीर्ण अवस्थामा | ईमाउण्टेन समाचार

Our Network

वैशाख २६ २०८१, बुधवार

कालोपत्रे गरेको १ वर्ष नपुग्दै सडक जीर्ण अवस्थामा

पुष्कर भट्ट
कञ्चनपुर, १७ असार । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–४ मा झलारी बजारदेखि पिपलाडी जाने सडक कालोपत्रे गरिएको १ बर्ष मै जिर्ण बन्दै गएको भन्दै स्थानीयले गुनासो गरेका छन् । सडक भाँसिएर खाल्डाखुल्डी हुन थालेपछि गुणस्तरहीन काम गरेको स्थानीयले आरोप लगाएका छन् ।

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–४ मा झलारी बजारदेखि पिपलाडी जाने सडक कालोपत्रे गरिएको १ बर्ष मै जिर्ण बन्न थालेको छ । २०७६ को जेठ ३ गते श्री जय बाबा बैजनाथ कन्सट्रक्शनले सम्झौता गरेर उक्त सडक कालोपत्रे गरेको थियो । एक बर्ष नबित्दै सडकका केही ठाउँमा खाल्डो परेको छ, भने केही ठाउँमा सडक नै भाँसिन थालेको छ ।

कालोपत्रे सडक निर्माणमा सम्झौता विपरीत गुणस्तरहिन कमसल निर्माण समाग्रीको प्रयोग भएपछि अहिले भासिदै गएको स्थानीयको आरोप छ । केन्द्रिय सरकारकोे १ करोड ११ लाख ९ हजार ७ सय ७८ रुपैँयाका सहयोगमा सडक बनाउन शुक्लाफाँटा नगरपालिकाले गरेको टेण्डर आह्वानपछि श्री जय बाबा बैजनाथ कन्सट्रक्शनले जिम्मा पाएको थियो ।

शुक्लाफाँटा नगरपालिकाले २०७६ साल जेठ ३ गते १ महिना भित्र निर्माण सम्पन्न गर्ने गरि श्री जय बाबा बैजनाथ कन्सट्रक्शनसँग सम्झौता गरेको थियो । सडकको विषयमा कुरा उठाउँदा जनप्रतिनिधिहरुले उल्टै थर्काउने गरेको कञ्चनपुरका स्थानीय राजमती पन्तको गुनासो छ ।

नगरपालिकालाई सडकको अवस्था बारे जानकारी गराउँदा प्रक्रिया अनुसार नै सडक निर्माण भएको जवाफ आएको शुक्लाफाँटा नगरपालिका वडा ४ ले जनाएको छ । निर्माण कम्पनीले पनि सडक मर्मत गरीदिने भन्दै आश्वासन मात्रै दिएको र अहिलेसम्म निर्माण नगरेको शुक्लाफाटा नगरपालिका वडा नम्वर ४ का अध्यक्ष ज्ञान बहादुर बिष्टले बताउनु भयो ।

शुक्लाफाँटा नगरपालिकाका नगरप्रमुख दिल बहादुर ऐरले १ बर्ष नबित्दै भाँसिएको सडक पुनर्निर्माणका लागि कम्पनीको धरौटी रकम नगरपालिकामा रहेको जानकारी दिनुभयो । निर्माण कम्पनी जय बाबा कन्स्ट्रक्सनका’ सञ्चालक सञ्जीव भट्टले सो स्थानको भौगोलिक अवस्थाका कारण पनि सडक चाँडै जिर्ण भएको बताउनु हुन्छ । सडक मर्मत गर्न कम्पनी तयार भएको उहाँको भनाई छ ।

नेपालमा असारे विकासको चटारोले अझै पनि निरन्तरता पाईरहेको छ । आर्थिक बर्षको अन्त्य तिर आएर बर्षाको समयमा विकास निर्माणलाई तिब्रता दिने प्रबृत्तिमा सुधार हुन सकेमा मात्र विकास निर्माणका कार्यहरु दिर्घकालिन हुन सक्दछ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);