अविरल वर्षाका कारण जिर्ण सडक मर्मत सम्भार हुन सकेनन् | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

अविरल वर्षाका कारण जिर्ण सडक मर्मत सम्भार हुन सकेनन्

राजिव शाह,
सर्लाही । सर्लाहीको कबिलासी नगरपालिका ६ मदनपुरको सडक मर्मत नहुँदा जोखिम मोलेर यात्रा गर्नु परेको छ । विश्व बैंकले निर्माण गरेको सडकमा अविरल वर्षाका कारण भत्केका सो सडकको मर्मत सम्भार हुन सकेको छैन ।

सर्लाहीको कबिलासी नगरपालिकामा पर्ने मुख्य सडकको रुपमा रहेको मदनपुरको सडक मर्मत नहुँदा दुर्घटनाकोे जोखिम बढ्दै गएको छ ।

मुख्य सडकको रुपमा रहेको यो सडक २ बर्ष अघि विश्व बैंकको सहयोगमा हरिवन देखि मोतीपुर सम्म करिव ३० किलोमीटर कालोपत्रे गरिएको थियो । कबिलासी नगरपालिका ६ मदनपुरमा सडकखण्डको विभिन्न ठाउँमा ठूल–ठूला खाल्डाखुल्डी भएको छ ।

कालोपत्रे सडकको विभिन्न स्थानमा भएको खाल्डाखुल्डी नपुरिँदा सवारी साधन सञ्चालन गर्न असहज भइरहेकोले दुर्घटनाको जोखिम बढेको स्थानीयहरुले बताउँछन् ।

दैनिक हजारौं सवारी साधन आवागमन गर्ने सो सडक भत्केर कुरुप बन्दा पनि सम्बन्धित निकायको यसतर्फ ध्यान जान नसकेको स्थानीयवासीको शिवशंकर यादवले गुनासो गरे ।

अविरल वर्षाका कारण भत्केका सो सडकको मर्मत सम्भार हुन सकेको छैन ।

यता, हरिवन नगरपालिका देखि चक्रघाटा गाउँपालिकाको विभिन्न ठाउँमा सडकको कालोपत्रे फुटेर ठूल–ठूला खाल्डाखुल्डी भएको छ । सो खाल्डाखुल्डीमा अहिले वर्षाको पानी जमेको छ जस्का कारण दिनहु जसो सवारी दुर्घटना भइरहेको छ ।

मुख्य सडक जिर्णहुदा सर्वसाधारणलाई सास्ती भएको छ । सडकको अवस्था सुधार नहुँदा सर्वसाधारण यात्रुहरु जोखिम मोलेर यात्रा गर्न बाध्य भएका छन् ।

वर्षायाममा नै भत्किएको सडक अहिलेसम्म नबन्दा यात्रुको साथै स्थानीयवासीलाई सास्ती व्यहोर्नुपरेका छन् । मुख्य सडकमा पैदलयात्री आवतजावत गर्नेलाई पनि कठिनाई भइरहेको छ । सडकमा जोखिम मोलेर भए पनि चालकहरुले यातायात सञ्चालन गर्ने गरेका छन् ।

उक्त सडकको अवस्था जिर्ण भइ दुर्घटनाको जोखिम बढेपनि कबिलासी नगरपालिकाले सडक मर्मत सम्भार गर्न कुनै चासो नलिएको स्थानीय यादवले गुनासो गरे ।

यता वडा अध्यक्ष कोदई मुखियाले भने यो विश्व बैंकले निर्माण गरेको सडक भएकोले यसमा नगरपालिकाले स्तरोन्नति गर्न नमिल्ने प्रतिक्रिया दिएका छन् ।

विश्व बैंकले गरेको सडक कालोपत्रे २ बर्ष नबित्दै ठाउँठाउँमा भत्किनु गुणस्तरीय काम नभएको नगरपालिकाले आरोप लगाएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);