सिद्धिचरण राजमार्ग जीर्ण बन्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख २६ २०८१, बुधवार

सिद्धिचरण राजमार्ग जीर्ण बन्दै

गोपाल पोखरेल

उदयपुर, १८ भदौ । उदयपुर, खोटाङ, ओखलढुंगा र सोलुखुम्बु बासीले प्रयोग गर्ने सिद्धिचरण राजमार्ग जीर्ण बन्दै गएको हो । सडकमा दिनहुँ सवारी चाप बढेसँगै लामो समयदेखि सडक मर्मत सम्भार नहुँदा जीर्ण बनेको छ । सडक जीर्णभएका कारण लाखांै सर्वसाधारणको आवागमन र दैनिक उपभोग्य सामग्री ढुवानीमा जोखिम बढेको छ ।

सिद्धिचरण राजमार्ग अन्तर्गत उदयपुरको कटारीदेखि घुर्मीसम्मको सडक अहिले भत्किएर धुले सडकमा परिणत भएको मात्र छैन घुमाउरो र साँघुरो समेत रहेकाले दुर्घटनाको जोखिम झनै बढेको छ ।

सडकको खाल्डाखुल्डी र पहिरोलाई व्यवस्थापन गर्ने तर्फ समेत कसैले चाँसो देखाएका छैनन् । कटारी नगरपालिका क्षेत्रकै ठाँटी, लेखानीको लप्सेभिर, सिरिसेको वनदेवी लगायतका स्थानमा यात्रा गर्दा यात्रुले आँखा चिम्लनु पर्ने अवस्था छ ।

अन्य बैकल्पिक मार्ग नभएका कारण सर्वसाधारणले यही जीर्ण सडकको प्रयोग गर्नुपर्ने र जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता छ । मर्मत सम्भार र संरक्षण गर्न पटक पटक सरकारको ध्यानाकर्षण गराइएको कटारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र श्रेष्ठको भनाई छ ।

सिद्धिचरण राजमार्ग सगरमाथा अञ्चलका पहाडी जिल्लाहरुमा तराईबाट खाद्यन्न, इन्धन, दैनिक उपभोग्य तथा निर्माणका अन्य सामग्री ढुवानी हुने एक मात्र राजमार्ग हो । त्यसैले पनि सरकारले यसको तत्काल मर्मत सम्भारमा ध्यान दिन दिनुर्पेमा स्थानियको जोड छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);