सिद्धिचरण राजमार्ग अन्तर्गत कटारी– घुर्मी खण्डको यात्रा जोखिमपूर्ण | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

सिद्धिचरण राजमार्ग अन्तर्गत कटारी– घुर्मी खण्डको यात्रा जोखिमपूर्ण

गोपाल पोखरेल,
उदयपुर,२ माघ । सिद्धिचरण राजमार्ग अन्तर्गत कटारी– घुर्मी खण्डको यात्रा जोखिमपूर्ण बनेको छ । जीर्ण बनेको साँघुरो सडकका कारण दुर्घटना बढेकाले यात्रा जोखिमपूर्ण भएको हो ।

नेपाली सेनाले १५ बर्ष अघि ८८ किलोमिटर लामो सिद्धिचरण राजमार्गको ट्रयाक बनाएर थप कामका लागि सरकारलाई हस्तान्तरण गरेको थियो । हस्तान्तरणसँगै ओखलढुंगा तर्फको सडक कालोपत्रे भएपनि उदयपुर खण्डको सडक भने जीर्ण भएको छ । कटारी– घुर्मी सडकखण्ड जीर्ण हुँदा सम्बन्धित पक्षले चासो नदिएको स्थानीयको गुनासो छ ।

सिद्धिचरण राजमार्गको माथिल्लो क्षेत्र महाभारत पहाडमा पर्छ भने कटारी भन्दा तल्लो क्षेत्र चुरे पहाडले ओगटेको छ । यी दुबै क्षेत्र सवारी संचालनमा जोखिम मानिन्छ ।

सो सडक खन्डबाट ओखलढुंगा, सोलुखुम्बु र खोटाङको पश्चिमी क्षेत्र पुग्न सकिन्छ । तर सडक जीर्ण भएकाले दिनप्रतिदिन दुर्घटना बढिरहेको छ । त्यसलै जीर्ण सडकको स्तरोन्नती गर्न सम्बन्धित निकायले ध्यान दिनु अवश्यक छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);