सरकारले कर्णालीको विकासमा चासो नदेखाएको आरोप | ईमाउण्टेन समाचार

Our Network

वैशाख २४ २०८१, सोमबार

सरकारले कर्णालीको विकासमा चासो नदेखाएको आरोप

काठमाडौं, २ माघ । कर्णाली विकास आयोगले सरकारकै कारण कर्णाली क्षेत्रको विकास योजना अघि बढ्न नसकेको जनाएको छ ।

मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी कर्णाली विकास आयोगले सरकारले कर्णाली क्षेत्रको १० वर्षे विकास योजना पारित नगर्दा समस्या भएको जनाएको हो । आयोगका सदस्य कृष्णप्रसाद आर्चाले संघीयता कार्यान्वयनसँगै आयोगको मुख्य कार्यालय कहाँ रहने भन्ने अन्यौलको अन्त्य गर्नसमेत सरकार इच्छुक नदेखिएको आरोप लगाए ।

आयोगले तयार पारेको १० वर्षे विकास योजनामा भौगोलिक विकटता, समाजिक विभेद र असन्तुलित स्रोत, साधनको वितरण प्रणालीका कारण अन्य क्षेत्रको तुलनामा कर्णाली क्षेत्रको विकास पछाडि परेको औंल्याइएको छ । आयोगका सदस्य आचार्यले पूर्वाधार विकासमा पछि परेकै कारण कर्णाली गरिवी निवारण र मानव विकासमा कमजोर देखिएको स्पष्ट पारे ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);