प्रधानमन्त्रीका कारण दसवर्षे कर्णाली विकास योजना अलपत्र | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

प्रधानमन्त्रीका कारण दसवर्षे कर्णाली विकास योजना अलपत्र

काठमाडौं, ३० पुष । कर्णाली विकास आयोगले तयार गरेको दशवर्षे विकास योजना अलपत्र परेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले कर्णाली विकास परिषद्को बैठक नबोलाउँदा योजना कार्यान्वयनमा आउन सकेको छैन ।

आयोगले ६ महिनाअघि नै विकास योजना तयार गरे पनि परिषद्का अध्यक्षसमेत रहेका प्रधानमन्त्री देउवाले चासो दिएका छैनन् । मुख्यसचिव लोकदर्शन रेग्मीमार्फत आयोगका पदाधिकारीले प्रधानमन्त्रीसँग समय मागिरहेका छन् ।

परिषद्ले विकास योजना पारित नगरेसम्म कार्यान्वयनमा आउँदैन । तत्कालीन प्रधानमन्त्री प्रचण्डसँग पनि आयोगका पदाधिकारीले भेटघाट गरी विकास योजना पारित गर्न परिषद्को बैठक डाक्न आग्रह गरेका थिए । परिषद्को बैठक नभएकाले दशवर्षे विकास योजना कार्यान्वयन हुन नसकेको निमित्त कार्यकारी निर्देशक पार्वती अर्यालले बताइन् ।

पहिचान गरिएका कर्णाली गौरवका आठ आयोजना

१ हिल्सा–जुम्ला–सुर्खेत द्रुतमार्ग
२ कर्णाली करिडोर
३ सालझन्डी–ढोरपाटन–दुनै सडक
४ नाक्चे–लाग्ना–गमगढी सडक
५ कर्णाली स्टेसन १, २ जलविद्युत् आयोजना
६ तिला स्टेसन १, २ जलविद्युत् आयोजना
७ कर्णाली जैविक कृषि, उद्योग क्षेत्रको विकास
८ सिमीकोट–रारा–से फोक्सुन्डो पर्यटन क्षेत्र विकास

यो खबर आजको नयाँ पत्रीकामा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);