कर्णालीलाई १५ बर्षमा आधुनिक प्रदेशको रुपमा बिकाश गर्ने तयारी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

कर्णालीलाई १५ बर्षमा आधुनिक प्रदेशको रुपमा बिकाश गर्ने तयारी

pradesh 7

विवश कुमार सेजुवाल,
सूर्खेत, २८ भदौ । कर्णाली प्रदेश सरकारले कर्णालीलाई १५ बर्षमा आधुनिक प्रदेशको रुपमा बिकाश गर्ने तयारी शुरु गरेको छ ।

सबै भन्दा पहिले प्रदेशको नामाकरण र राजधानी तोकेको कर्णाली प्रदेसले प्रदेशको विकासको लागि गुरु योजना नै तयार पारेको छ । कर्णाली प्रदेसले अबको १५ वर्षमा नमूना प्रदेशको रुपमा विकास गर्ने महत्वाकांक्षी योजना अघि सारेको छ । प्रदेसलाई नेपालको मात्र होइन विश्वकै नमूना प्रदेशको रुपमा विकास गर्ने दावी प्रदेश सरकारका मुख्य मन्त्री तथा मन्त्रीहरुले दावी गर्दै आएका छन ।

कर्णालीलाई अर्गानिक प्रदेश बनाउने र कर्णालीको सम्वृद्धिको आधार पर्यटनको विकास र पुर्वाधान भन्ने नारा यो प्रदेसले अघि सारेको छ । सडक शान्ती सुरक्षा र पर्यटनको क्षेत्रमा १५ बर्षको गरु योजनाले मात्रात्मक परिबर्तन भन्दा गुर्णात्मक फट्को मार्ने प्रदेस सरकारको दावी छ । सरकारको दावीलाई प्रतिपक्ष दल नेपाली कांग्रेसले कोरा सपनाको संज्ञा दिएको छ । कांग्रेसका नेता एवं प्रदेश सभा सदस्य यज्ञ बहादुर बीसी विकासमा सरकारको ध्यान नगएको आरोप लगाउनु हुन्छ ।

स्थानीयको गुनासो पनि उस्तै छ । कर्णाली प्रदेसका स्थानीय वासिन्दा सम्भाबनाहरु धेरै रहे पनि नेताहरुले वास्ता नगरेको गुनासो गरिरहेका छन् । जनसंख्या कम भूगोल बढी, अधिकांश हिमाल र पहाडी भूभागक कर्णालीको विशेषता । विश्वकै चर्चित पर्यटकीय स्थल रारा ताल कर्णाली प्रदेसको विशेषता हो । गरिवीले व्याप्त र विकास निर्माणको हिसावले पछाडि रहेको कर्णाली प्रदेसले अबको १५ वर्षमा विश्वकै नमूना बन्ने महत्वकांक्षी योजना त अघि सारेको छ तर प्रदेस सरकारको हालको अवस्थालाई हेर्दा यो पत्याउनभने गाह्रो देखिन्छ । प्रदेसका अधिंकास मन्त्री र सांसद प्रदेशमा भन्दा राजधानीमा बस्ने गरेका छन । प्रदेश सभाको बैठक १ महिनादेखि बस्न सकेको छैन ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);