दाङ कर्णाली प्रदेशको आधार हो : मुख्यमन्त्री शाही | ईमाउण्टेन समाचार

Our Network

चैत १२ २०८०, सोमबार

दाङ कर्णाली प्रदेशको आधार हो : मुख्यमन्त्री शाही

दाङ, २६ कार्तिक । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले ‘दाङ’ कर्णाली प्रदेशको आधार भएको बताउनुभयो । बुधबार दाङको तुलसीपुरमा तुलसीपुर उपमहानगरपालिकाले आयोजना गरेको स्वागत कार्यक्रममा बोल्दै मुख्यमन्त्री शाहीले कर्णालीको मुख्य बजारका रुपमा दाङ रहेको भन्दै दाङ र कर्णालीलाई लिंक गर्नु पर्ने बताउनुभयो ।

मुख्यमन्त्री शाहीले दाङ र कर्णाली अलग अलग प्रदेश भएपनि परिपुरक जस्तै भएको बताउनुभयो । त्यसैगरी उहाँले मिलेर विकासका पूर्वाधारमा काम गर्न समेत अनुरोध गर्नुभयो । उहाँले दाङ समृद्ध भए कर्णाली र कर्णाली समृद्ध भए दाङ समृद्ध हुने बताउनुभयो ।

दाङ विकासका दृष्टिले धेरै सम्भावना भएको जिल्ला भएको समेत मुख्यमन्त्री शाहीले बताउनुभयो । ‘सुर्खेत र सल्यान दुवै सडकले दाङलाई कर्णालीसँग जोडेको छ,’उहाँले भन्नुभयो ।

त्यस्तै कार्यक्रममा बोल्दै कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले दाङ सुखेत सडक खण्ड निर्माणको अन्तिम चरणमा रहेको बताउनुभयो । उहाँले राप्ती राजमार्गका लागि १२ करोडको ठेक्का समेत भइसकेको बताउनुभयो ।

उहाँले कर्णालीका विद्यार्थीहरु दाङमा धेरै पढ्नका लागि आउने भएको भन्दै तुलसीपुर उपमहानगरपालिकासँग मिलेर संयुक्त लगानीमा कर्णाली होस्टेल निर्माणको काम अगाडी बढाउने समेत बताउनुभयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);