खोजी दोस्रो पुस्ताको कि सक्षम नेतृत्वको ? (भिडियोसहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

खोजी दोस्रो पुस्ताको कि सक्षम नेतृत्वको ? (भिडियोसहित)

सत्तारुढ दल भित्रको विवादले पार्टीको नेतृत्वमा पुस्तान्तरणको बहस अघि सारेको छ । शीर्ष नेतृत्वमा विवाद बढेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले अबको नेतृत्व दोश्रो पुस्ताले गर्छ भनी दिनु भएको अभिव्यक्ति यो बहस अघि बढेको हो । बहसको क्रममा अहिले क्षमता नभएका दोश्रो पुस्तालाई नेतृत्व हस्तान्तरण गर्नु भन्दा क्षमता भएका पहिलो पुस्ताले नै नेतृत्व गर्दा राम्रो हुन्छ भन्ने तर्क पनि बलियोसँग आइरहेको छ । महाशक्ति राष्ट्र अमेरिकामा हालै भएको निर्वाचनमा ७७ वर्षीय जो बाइडेनको जितलाई नमूना उदाहरणको रुपमा हेरिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले अबको राजनीति दोश्रो पुस्तामा जानुपर्छ, भन्ने विचार व्यक्त गरेसँगै नेतृत्वमा प्रवेश गर्न दोश्रो पुस्ताका नेताहरुका लागि मार्ग प्रशस्त बन्दै गएको छ । त्यसो त राजनीतिमा पहिलो पुस्तालाई निकम्मा देख्ने दृष्टिकोण नयाँ होइन । तर पुस्ता नेतृत्वमा कसरी आउने ? नेतृत्वको विकास कसरी हुन सक्छ ? नेतृत्वमा कसैले कसैलाई पदस्थापन गर्नु पर्ने हो कि आफैं उदाउनु पर्ने हो ? योग्यता र क्षमता बिना अघिल्लो पुस्ताको ठूलो झोला बोकेकै कारण पुरानो पुस्ताको निगाहबाट उदाउने दोस्रो पुस्ताले देशको नेतृत्व गर्न सक्छ कि सक्दैन ? यी यावत सवाल राजनीतिमा जहिले पनि उठ्ने गर्छ ।

प्रजातन्त्र पुनस्र्थापनापछिको पहिलो दशकमा नेपाली कांग्रेसका तत्कालिन सर्वमान्य नेता गणेशमान सिंह, कृष्णप्रसाद भटृराई र गिरिजा प्रसाद कोइरालालाई वृद्ध भए भन्दै दोस्रो पुस्ताको नेतृत्वको आवश्यकता व्यापक रुपमा महसुस गरियो । त्यतिबेला दोस्रो पुस्ताका नेताहरुमा शेरबहादुर देउवा, रामचन्द्र पौडेल, शैलजा आचार्यहरुको नाम सबैभन्दा अगाडि आउँथ्यो । लगभग केही वर्षको अन्तरालमै नेपाली कांग्रेसमा त्यो पुरानो वृद्ध पुस्ताको देहवसान भयो । दोस्रो पुस्तामा गणना गरिने मध्ये शैलजा आचार्यको पनि देहवसान भयो ।

त्यसपछि दोस्रो पुस्ताका भनिने देउवा र पौडेल एकछत्र रुपमा कांग्रेसमा स्थापित हुन पुगे । यी दुई पात्रले नेतृत्व गरेको नेपाली कांग्रेस जस्तो प्रजातान्त्रिक पार्टी र अहिलेको राजनीतिले कुन दुर्दशा भोगिरहेको छ, त्यो सायद उल्लेख गरिरहन पर्दैन होला । त्यतिबेलाका कम्युनिष्ट आन्दोलनका अधिकांश नेतृत्वहरु कांग्रेसका दोस्रो पुस्ताका भन्दा पनि कम उमेरका थिए, जझारु थिए । क्रान्तिकारी भाषण गर्न सक्थे । देख्नमा सम्पूर्ण लक्षणले युक्त जस्ता देखिन्थे । तिनै नेताको बाहुबलमा देशको राजनीति कुनै न कुनै रुपमा सम्बन्धित हुँदै आजको अवस्थासम्म आइपुग्दा राजनीतिले भोगेको विकृति र विसंगति अनि नेतृत्व माथिको निरन्तरको जनबुझाइलाई हेर्दा उमेरले मात्र राजनीतिलाई हाँक्न सक्दो रहेनछ भन्ने तथ्य घाम जतिकै छर्लङ्ग छ ।

राजनीति उमेरले होइन, राजनीतिज्ञको क्षमताले गरिने विषय हो । पात्रले होइन प्रवृत्तिगत चिन्नतले मात्र राजनीतिलाई सही मार्गमा अघि बढाउन सम्भव हुन्छ । आज पनि दोस्रो पुस्ता भन्दै अघि सारिने पात्रहरु के नेतृत्व क्षमतामा अब्बल देखिन्छन ? राजनीतिक क्षमताका आधारमा नेतृत्वमा अघि बढेका छन् ? राजनीति भित्र स्वच्छ अभ्यास गर्ने ठाउँ छ ? मुख्य नेताको कृपा बिना कोही राजनीतिमा अघि बढ्ने अवस्था छ ? दोस्रो पुस्ताका भनिने नेताहरु पहिलो पुस्ताका नेताको गुटगत पात्र बन्नु भन्दा बढी केही गरेका छन ? चिन्तन र चरित्र भरोसा गर्न लायक छ ?अवसर पाउँदा क्षमता देखाउन सकेका छन् ? अनेक काण्डमा मुछिएका दोस्रो पुस्ताका नेतृत्वमाथि अनेकौ अनेक प्रश्न तेर्सिने गराएका छन ।

यस्ता प्रवृत्तिको अन्त्य नभएसम्म दोस्रो पुस्ताले नेतृत्व गर्न सक्छ भन्नु दिवा सपना बाहेक केही हुने देखिंदैन । पहिलो पुस्ताद्वारा पालितपोसित गुटबन्दी भित्रका पात्रहरुले कसरी देशको नेतृत्व सम्हाल्न सक्लान ? त्यसैले राजनीतिमा आपूmलाई प्रथम पुस्ताका नेताहरु भन्नेहरुले नै आपूm मध्येकैबाट उपयुक्त एकलाई सर्वसम्मत बनाउँदै सम्पूर्ण विकृति विसंगति माथि निर्मम प्रहार गर्न सक्ने सर्वशक्तिमान नेता बनाउनु जरुरी छ । स्थिर रुपमा सम्पूर्ण कार्यकाल काम गर्न दिने संकल्पसहित बाँकी नेताहरु त्यो नेताको टिममा समाहित हुँदै देश विकासमा एकाकार नभएसम्म देश विकास हुँदैहुँदैन ।

विश्व महाशक्ति राष्ट्र अमेरिकाको एउटा उदाहरण नेपाली राजनीतिमा सान्दर्भिक दखिन्छ । सन् १९७३ मा जो बाइडेन अमेरिकाको सिनेटर हुँदा बाराक ओबामा १२ वर्षका मात्र थिए । सन् २००८ आइपुग्दा ओबामा अमेरिकाको राष्ट्रपति हुँदा ६६ वर्षका परिपक्व राजनीतिज्ञ बाइडेन ओबामाको उपराष्ट्रपति बन्न राजी भए । त्यसको १२ वर्षपछि बाइडेनलाई राष्ट्रपतिको उम्मेदवार बनाएर चुनावी कमाण्डर ओबामाले सम्हाले । ७७ वर्षको उमेरमा जो बाइडेन अमेरिकाका राष्ट्रपति बने । छिमेकी देश भारतमा नरेन्द्र मोदीको हकमा पनि त्यस्तै परिस्थिति बन्न पुग्यो ।

नेतृत्वमा क्षमता देखाएका मोदीलाई अघि सारेर पार्टी अध्यक्ष भइसकेका पुराना अनुभवी नेता टीममा एकाकार भएर अघि बढ्दा निर्वाचनमा सफलता मात्र मिलेन, बलियो सरकार बन्यो र देशको राजनीतिमा सुद्धता ल्याउन पनि ठूलो योगदान मिल्यो । पहिलो पुस्ताको निगाहामा भन्दा क्षमतामा दोस्रो पूस्ताका नेता कसरी अघि आए भन्नेमा अमेरिका र भारत प्रतिनिधि उदाहरण मात्र हो । अन्यथा, विधि र प्रक्रिया जति पु¥याए पनि त्यो कर्मकाण्डी पाखण्डी बाहेक केही हुँदैन । नेतृत्व क्षमता टिकाटालाबाट होइन, योग्यता र क्षमताबाट प्रस्फुटन हुनुपर्छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);