पार्टी एकताको सम्भावना अझै जिवितै छ : भट्टराई | ईमाउण्टेन समाचार

Our Network

असोज २८ २०८३, बिहीबार

पार्टी एकताको सम्भावना अझै जिवितै छ : भट्टराई

yogesh-hotel

काठमाडौं, २१ फागुन । नेपाल कम्युनिष्ट पार्टी नेकपा दाहाल–नेपाल पक्षका स्थायी समिति सदस्य योगेश भट्टराईले पार्टी एकताको सम्भावना अझै जिवितै रहेको बताएका छन्।

शुक्रबार प्रेस संगठन नेपाल ताप्लेजुङले फुइलिङमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै पूर्वमन्त्री समेत रहेका भट्टराईले प्रत्येक नेताले पदीय लोभ त्यागेमा पार्टी एकता सम्भावना जिवितै रहेको बताएका हुन् ।

एकताका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिनुपर्ने र पुष्पकमल दाहाल र माधव नेपालले प्रधानमन्त्री बन्नतीर नलागी दोश्रो पुस्तालाई नेतृत्व दिए पार्टी एकता हुन सक्ने भट्टराईको भनाई छ ।

गएको फागुन १८ गते ताप्लेजङको दोभान बजारमा भएको आगलागी निरीक्षण तथा राहत वितरणका लागि भट्टराई गृह जिल्ला पुगेका हुन् ।

Leave a Reply

ताजा समाचार