अव कोही पनि संविधान बाहिर रहँदैन : मन्त्री ज्ञवाली | ईमाउण्टेन समाचार

Our Network

असार १३ २०८३, आइतबार

अव कोही पनि संविधान बाहिर रहँदैन : मन्त्री ज्ञवाली

काठमाडौं, २१ फागुन। परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले सरकार र विप्लव समूहबीचको सहमतिपछि अव कोही पनि राष्ट्रिय एकता, संविधान र शान्तिपूर्ण राजनीति बाहिर नरहेको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी नेकपा ओली पक्षका प्रवक्ता समेत रहेका मन्त्री ज्ञवालीले शुक्रबार ट्विीट गर्दैै यसतो बताएका हुन्।

शसस्त्र गतिविधिमा संलग्न विप्लव समूह आफ्ना राजनीतिक क्रियाकलाप शान्तिपूर्ण रुपमा सञ्चालन गर्न सहमत हुनु महत्वपूर्ण उपलब्धि रहेको पनि उल्लेख गरेका छन्। उनले पृथकतावादका पक्षधर सिके राउत राष्ट्रिय एकता र संविधानको मूल प्रवाहमा समाहित हुनुलाई पनि महत्वपूर्ण भएको जिकिर गरेका छन्।

साथै मन्त्री ज्ञवालीले यस महत्वपूर्ण उपलब्धिको मुख्य श्रेय प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिएका छन् ।

Leave a Reply