नेता ज्ञवालीले परराष्ट्रमन्त्री पदबाट हट्नासाथ गरे आफ्नो सम्पत्ति विवरण सार्वजनिक | ईमाउण्टेन समाचार

Our Network

वैशाख २० २०८१, बिहीबार

नेता ज्ञवालीले परराष्ट्रमन्त्री पदबाट हट्नासाथ गरे आफ्नो सम्पत्ति विवरण सार्वजनिक

काठमाडौं ।  नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले परराष्ट्रमन्त्री पदबाट हट्नासाथ आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् ।

सामाजिक सञ्जालमार्फत् ज्ञवालीले सवा तीन वर्ष मन्त्री रहँदाको सम्पत्ति विवरण सार्वजनिक गर्नुभएको हो । उहाँले विदेश भ्रमणबाट आएको लेभी पार्टीको खातामा बुझाएको उल्लेख गरेका छन् ।

तीन बर्षको अवधिमा विदेश भ्रमण बापतको लेभी ३, लाख १४ हजार ९ सय ३० र पारिश्रमिक बापतको लेभी ६ लाख २० हजार गरि पार्टी खातामा ९ लाख ३४ हजार ९ सय ३० रुपैंया जम्मा भएको ज्ञवालीले बताएका छन् ।

पारिश्रमिकको कर कट्टी बापत करिब ३ लाख ७३ हजार रुपैयाँ सरकारी कोषमा दाखिल भएको पनि ज्ञवालीले उल्लेख गरेका छन् । यसबाहेक आफ्नो बैंक खातामा सात लाख ४१ हजार रुपैया रहे भन्दै मन्त्री रहँदा दुई सय जति पुस्तक थपिनु बाहेक सम्पत्ति विवरणमा कुनै फेरबदल नभएको ज्ञवालीले प्रष्ट गरेका छन् ।

उनले सवारी साधन र ल्यापटप बुझाएको भन्दै मन्त्री रहँदा साथसहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन् ।


Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);