विदेशी राष्ट्रलाई खुसी पार्न प्रधानमन्त्रीले ठाकुर पक्षलाई १० मन्त्री दिए | ईमाउण्टेन समाचार

Our Network

वैशाख २५ २०८१, मंगलबार

विदेशी राष्ट्रलाई खुसी पार्न प्रधानमन्त्रीले ठाकुर पक्षलाई १० मन्त्री दिए

काठमाडौँ। एमाले नेता डा. भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीले वाह्य शक्ति रिजाउनका लागि जसपाको महन्थ ठाकुर पक्षलाई सत्ता समकीरणमा सामेला गराएको आरोप लगाएका छन् ।

शनिबार नेता रावलले सामाजिक संञ्जालमार्फ टिव्ट गर्दे बाह्य शक्तिलाई रिजाउनकै लागि भएपनि प्रधानमन्त्री ओलीले ठाकुर पक्षलाई मन्त्री बनाएको टिप्पनी गरेका हुन् । ’प्रम केपीको चरम सत्तालिप्साका कारण उहाँबाट एकपछि अर्को असंवैधानिक र राष्ट्रघाति काम भइरहेको र कुर्सी स्वार्थका लागि अनेकौं कूकार्य हुँदै आएको तथ्यको आधारमा मैले ५ दिन अघि उनले आफूसँग ५ मन्त्रालय राखेर वाह्य शक्तिलाई मक्ख पार्न अरू मन्त्रालय जसपाको महन्थ पक्षलाई धुपबत्ती गर्नसक्ने कुरा व्यंगात्मकरूपमा ट्विट गरेको थिएँ ।

त्यसको जेठ २१ गतेको मन्त्रिपरिषद् हेरफेरबाट पुष्टि भयो,’ उनले लेखेका छन् ।बर्तमान सरकार कामचलाउ भएको भन्दै प्रधानमन्त्रीको उक्त कार्य गत चुनावमा दिएको जनादेशको विरुद्धमा भएको रावलको भनाई रहेको ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);