दुबै पक्षको अडानले जसपामा सहमति जुट्न सकेन, आधिकारिकता दाबी पेश गर्न आयोगको आग्रह | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

दुबै पक्षको अडानले जसपामा सहमति जुट्न सकेन, आधिकारिकता दाबी पेश गर्न आयोगको आग्रह

काठमाडौं । जनता समाजवादी पार्टीका aदुबै पक्षको अडान कायम रहे पछि विवाद मिलाउने निर्वाचन आयोगको प्रयास असफल भएको छ ।

आयोगले जसपाभित्रको विवाद समाधानका लागि दुबै पक्षलाई आयोगमा छलफलका लागि बोलाएको थियो । सोही अनुसार जसपाका अध्यक्ष महन्थ ठाकुर पक्ष र अर्का अध्यक्ष उपेन्द्र यादव पक्ष निर्वाचन आयोग पुगेका थिए । तर छलफलमा दुबै पक्षले आ–आफ्नो अडान कायम राखेपछि उनीहरुबीच सहमति हुन नसकेको हो ।

विवाद निरुपण नभएपछि आयोगले दुबै पक्षलाई आधिकारिकता दाबी पेश गर्न आग्रह गर्ने भएको छ । आयोगले दुबै पक्षलाई दल दर्तासम्बन्धी ऐनअनुसार दाबी लिएर आग्रह गरेको हो ।आयोगले जसपा विवाद समाधानका लागि बुधबार इजलास गठन गर्ने छ ।

जसपामा ठाकुर प्रधानमन्त्री केपी शर्मा ओली पक्षमा उभिएका छन् भने यादव विपक्षी गठबन्धनको पक्षमा उभिएका छन् । प्रधानमन्त्रीलाई विश्वासको मत दिने नदिने विषयमा सतहमा आएको जसपाको आन्तरिक विवाद अहिले फुटको संघारमा पुगेको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);