एमाले कार्यदलको बैठक सुरु | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

एमाले कार्यदलको बैठक सुरु

काठमाडौं । नेकपा एमालेभित्रको विवाद समाधानका लागि गठित कार्यदलको बैठक सुरु भएको छ ।

पार्टीको विवाद समाधानका लागि पुनः सक्रिय भएको नेकपा एमाले कार्यदलको बैठक सिंहदरबारस्थित अर्थ मन्त्रालयमा सुरु भएको हो ।

सोमबारबाट पुनः सक्रिय भएको कार्यदल बैठक आज पनि बसेको हो । पार्टीभित्र विवाद चर्किएपछि लामो समय बस्न नसकेको कार्यदल बैठक सोमबार साँझ अनौपचारिक रुपमा बैठक बसेको थियो भने जेठ ७ पछि आज औपचारिक बैठक बस्दैछ ।

ओली पक्ष र नेपाल पक्षका नेताहरुले यसबीच पनि पार्टी विवाद समाधानका लागि अनौपचारिक भेटवार्ताहरु भने गर्दै आएका थिए ।

आज बसेको कार्यदलको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली पक्षबाट विष्णु पौडेल, प्रदीप ज्ञवाली, सुवास नेम्वाङ, विष्णु रिमाल र शंकर पोखरेल सहभागी छन् भने नेता माधव कुमार नेपाल पक्षबाट भीम राव, घनश्याम भुसाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे र रघुजी पन्त रहेका छन् ।

गएको आइतबार राति प्रधानमन्त्री ओली र उपाध्यक्ष रावलबीच भएको भेटवार्तापछि कार्यदल ब्युँताइएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);