पार्टी भित्रको विवाद समाधानका लागि पुनः सक्रिय भएको एमाले कार्यदलको बैठक आज पनि बस्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

पार्टी भित्रको विवाद समाधानका लागि पुनः सक्रिय भएको एमाले कार्यदलको बैठक आज पनि बस्दै

काठमाडाैं। पार्टीको विवाद समाधानका लागि पुनः सक्रिय भएको नेकपा एमाले कार्यदलको बैठक आज पनि बस्ने भएको छ ।

सोमबारबाट पुनः सक्रिय भएको कार्यदल बैठक आज दिउँसो १ बजेपछि बस्न लागेको हो । पार्टीभित्र विवाद चर्किएपछि लामो समय बस्न नसकेको कार्यदल बैठक सोमबार साँझ ५० दिनपछि औपचारिक रुपमा सुरु भएको थियो ।

कार्यदलको पहिलो दिनको बैठक सकारात्मक रहेको र आज थप छलफल गरिने कार्यदल भित्रका सदस्यहरुले प्रतिकृया दिएका छन् । आजको बैठकले महत्वपूर्ण निर्णय गर्न सक्ने बताइएको छ ।

शुक्रबार बसेको एमाले केन्द्रीय कमिटी बैठकले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने रिटमा गरिएको हस्ताक्षर फिर्ता लिन सोमबार साँझसम्मको अल्टिमेटम दिएको थियो । तर माधवकुमार नेपाल समूहले हस्ताक्षर फिर्ता लिएको छैन । वरु अल्टिमेटम सकिएलगत्तै कार्यदल ब्यूँताएर पार्टी विवाद हल गर्न छलफल सुरु भएको छ ।

गत जेठ २ गते बनाइएको कार्यदलमा एमाले अध्यक्ष ओलीको तर्फबाट नेता सुवास चन्द्र नेम्वाङको नेतृत्वमा नेताहरु विष्णु पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल रहेका छन् भने नेपाल समूहबाट नेता भीम रावलको नेतृत्वमा घनश्याम भुसाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे र रघुजी पन्त छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);