निर्वाचन आयोगले जसपाका दुवै पक्षसँग छलफल गर्दै | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

निर्वाचन आयोगले जसपाका दुवै पक्षसँग छलफल गर्दै

काठमाडाैं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी जसपाका दुवै पक्षसँग आज छलफल गर्ने भएको छ ।

आयोगले छलफलका लागि अध्यक्ष महन्थ ठाकुर र अर्का अध्यक्ष उपेन्द्र यादव पक्षलाई आज बिहान ११ बजे बोलाएको हो । राजनीतिक दलसम्बन्धी ऐनको प्रावधान अनुसार दुवै पक्षलाई सहमतिको प्रयासका लागि बोलाइएको आयोगले जनाएको छ ।

ठाकुर पक्षबाट ठाकुरसहित लक्ष्मणलाल कर्ण, सुरेन्द्र झा, केशव झासहित दुई कानुन व्यवसायी र यादव पक्षबाट यादवसहित, संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई, नेता राजेन्द्र श्रेष्ठ, महेन्द्र राय यादव र प्रकाश अधिकारी आयोग जाने तय भएको बुक्रिएको छ । जसपा अध्यक्ष यादव र ठाकुर दुवै पक्षले एक अर्कालाई कारबाही गरेका छन् ।

५१ सदस्यीय कार्यकारिणी समितिका बहुमत सदस्यको हस्ताक्षरसहित कारबाही गरेको पत्र यादवले बुझाएका थिए । तर, ठाकुरले पहिलो वरियताका अध्यक्षलाई कार्यकारिणी सदस्य थप गर्ने अधिकार विधानले दिएको भन्दै २० जना थप गरेर पठाएका छन् ।

दुवै पक्षले आफुसँग पार्टीको आधिकारीकता रहेको दावी गर्दै आएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);