निर्वाचन आयोगको निर्णयविरुद्ध राजनीतिक र कानुनी लडाईं लड्छौं : जसपा अध्यक्ष यादव | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

निर्वाचन आयोगको निर्णयविरुद्ध राजनीतिक र कानुनी लडाईं लड्छौं : जसपा अध्यक्ष यादव

काठमाडौं । जनता समाजवादी पार्टी जसपाका अध्यक्ष उपेन्द्र यादव पक्षले निर्वाचन आयोगको भूमिका पूर्वाग्रहपूर्ण रहेको टिप्पणी गरेको छ ।

जसपा अध्यक्ष यादवले मंगलबार एक विज्ञप्ति जारी गर्दै निर्वाचन आयोगबाट निष्पक्ष, तटस्थ भूमिका निर्वाह कुन नसकेको भन्दै आयोगको भूमिका पूर्वाग्रहपूर्ण रहेको टिप्पणी गरेको छ । जसपाले आयोगको यस्तो निर्णयविरुद्ध राजनीतिक र कानुनी लडाईं लड्ने तयारी गरेको छ ।

आयोगको निर्णयमा राजनीतिक दलको बहुमतको निर्णय मान्य हुने लोकतान्त्रिक मूल्य, मान्यता, विधि र पद्धतिको सम्पूर्ण रुपले अवज्ञा, उपेक्षा र तिरस्कार गरिएको यादवको भनाई छ ।

जसपाको जेठ १७ गते बसेको कार्यकारिणी समिति बैठकको बहुमतले अर्का अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतोलगायतका नेताहरूलाई कारबाही गरेर पार्टीको जिम्मेवारीबाट हटाउने निर्णय गरेको थियो । उक्त निर्णयको प्रतिलिपिसमेत संलग्न राखेर राजनीतिक दल सम्बन्धी ऐन २०७३ को दफा ५१ बमोजिम आयोगले मागे बमोजिम सम्पूर्ण कागजात एवम् प्रमाणहरुसमेत बुझाई पार्टीको दल दर्ता किताबमा अध्यावधिक गर्नका लागि पठाएकोमा आयोगले त्यसलाई अस्वीकार गरेकोप्रति गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख छ ।

आयोगको जेठ ३० गतेको बैठकले जसपाका दुवै पक्षको कारबाहीलाई मान्यता नदिने निर्णय गरेको थियो ।

पार्टीमा दुवै अध्यक्ष रहने निर्णय गरेर जसपालाई पत्राचार गरेको थियो। त्यसपछि सोमबार बसेको जसपाको बैठकले आयोगको निर्णयविरुद्ध राजनीतिक र कानुनी लडाईं लड्ने निर्णय गरेको हो ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);