जसपा अध्यक्ष उपेन्द्र पक्षद्धारा पार्टीको आधिकारिकता पेश गर्न निर्वाचन आयोग जादैँ | ईमाउण्टेन समाचार

Our Network

फागुन २७ २०८०, आइतबार

जसपा अध्यक्ष उपेन्द्र पक्षद्धारा पार्टीको आधिकारिकता पेश गर्न निर्वाचन आयोग जादैँ

काठमाडौं । जनता समाजवादी पार्टी जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव नेतृत्वको पक्षले निर्वाचन आयोगमा आधिकारिकता दावी गर्दै निवेदन पेश गर्ने भएको छ ।

जसपका महन्थ ठाकुर पक्षले पार्टीको नाम, चुनाव चिन्ह, छाप आधिकारिकता पहिलो अध्यक्षको निर्णयमा हुने दावी पेश गर्दे आएपछि उपेन्द्र पक्षले आधिकारकिता दावी पेश निर्वाचन आयोग जाने भएको हो ।

जसपा उपेन्द्र यादव पक्षका एक नेताका अनुसार शुक्रबार दिउँसो २ बजे प्रमुख नेताहरू आफैं निर्वाचन आयोगको कान्तिपथस्थित कार्यालय पुगी पार्टीको नाम, चुनाव चिन्ह, छाप र निर्णयको आधिकारिकताका लागि निवेदन पेश गर्न लागेका हुन् ।

यादव पक्षको हिजो बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले राजनीतिक दलसम्बन्धी ऐनको दफा ४३ र ४४ अनुसार पार्टीको आधिकारिकता दावी गर्ने निर्णय गरेको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);