पार्टी आधिकारिकता लागि जसपा यादव पक्षले निर्वाचन आयोगमा पुनः निवेदन दिने | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

पार्टी आधिकारिकता लागि जसपा यादव पक्षले निर्वाचन आयोगमा पुनः निवेदन दिने

upendra-yadba

काठमाडौं । जनता समाजवादी पार्टी नेपाल जसपाका अध्यक्ष उपेन्द्र यादव र डा.बाबुराम भट्टराई पक्षले पार्टी आधिकारिकताका लागि निर्वाचन आयोगमा पुनः निवेदन दिने निर्णय गरेको छ ।

यादव र भट्टराई पक्षको बिहीबार बसेको कार्यकारिणी समितिको बैठकले पार्टी आधिकारिकता दाबीका लागि पुनः निर्वाचन आयोग जाने निर्णय गरेको हो । यसअघि बिहीबार नै जसपाका अर्का अध्यक्ष महन्थ ठाकुरले २० कार्यकारिणी समिति सदस्य थपेर नामावली निर्वाचन आयोगमा बुझाएका थिए ।

साथै बैठकले पार्टीको निर्णय विपरीत प्रधानमन्त्री केपी शर्मा ओली सरकारमा मन्त्री भएका नौ नेतालाई पार्टीबाट निष्कासन गरेको छ । ओली सरकारमा जसपाका अर्का अध्यक्ष महन्थ ठाकुर पक्षका नेता राजेन्द्र महतो उपप्रधानमन्त्री सहित विभिन्न मन्त्री र राज्यमन्त्री पदमा रहेका छन् ।

त्यसैगरी बैठकले लुम्बिनी प्रदेशका चार सांसदलाई फेरी स्पष्टिकरण सोध्ने निर्णय गरेको छ ।बैठकले चुरे दोहन गर्न नहुने निष्कर्ष पनि निकालेको बताइएको छ । यसैगरी बैठकले बाढी पहिरोको उद्धारका लागि खट्न नेता कार्यकर्तालाई निर्र्देशन दिएको छ भने बाढी पहिरो पीडितलाई उद्धार र राहतका लागि सरकारसँग आग्रह गर्ने निर्णय पनि गरेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);