आफ्नो पक्षमा ३४ कार्यकारिणी सदस्यले हस्ताक्षर गरेको यादवको दाबी | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

आफ्नो पक्षमा ३४ कार्यकारिणी सदस्यले हस्ताक्षर गरेको यादवको दाबी

काठमाडौं । जनता समाजवादी पार्टी जसपा नेपालको आधिकारिकताका लागि भएको सनाखतमा अध्यक्ष उपेन्द्र यादवको पक्षमा ३४ जना केन्द्रीय कार्यकारिणी सदस्यहरूले हस्ताक्षर गरेका छन् ।

जसपाका अध्यक्ष उपेन्द्र यादवले निर्वाचन आयोगमा सञ्चारकर्मीसँग कुरा गर्दै जसपाका ५१ सदस्यीय कार्यकारिणी सदस्यमध्ये ३४ जना सांसदले आफ्नो पक्षमा हस्ताक्षर गरिसकेको बताए ।
जसपाका निलम्वित सांसद रेशम चौधरीले पनि आयोगमा नै आएर सनाखत हस्ताक्षर गर्ने बताइएको छ ।

डिल्लीबजारस्थित जेलमा रहेका चौधरीलाई सनाखत गराउन आयेगमा ल्याउने तयारी भएको यादवले जानकारी दिए । चौधरीले पनि आफ्नो पक्षमा हस्ताक्षर गर्ने यादवको दाबी छ । यो सँगै यादवको पक्षमा ३५ कार्यकारिणी सदस्य पुग्ने छ । चौधरी अर्का अध्यक्ष महन्थ ठाकुर निकट नेता मानिएपनि उनले आफ्नो पक्षमा हस्ताक्षर गर्ने यादवले दाबी गरेका हुन् ।

त्यसैगरी ठाकुर निकटका कार्यकारिणी सदस्यहरु मनिष सुमन, नवलकिशोर साह, राजकिशोर यादवलगायत नेताहरूले समेत यादव पक्षमा हस्ताक्षर गरेको बताइएको छ ।

अध्यक्ष यादवले अर्का अध्यक्ष ठाकुर र राजेन्द्र महतोले आत्मालोचना गरेमा पार्टीमा ठाउँ दिने समेत बताएका छन् ।

जसपाको आधिकारिकता विवाद समाधानका लागि निर्वाचन आयोगले आज कार्यकारिणी सदस्यहरुको हेड काउन्ट गरेको हो । योसँग बहुमत हुने पक्षले जसपाको आधिकारिकता पाउने छ । ३० भन्दा बढी सदस्यको हस्ताक्षर सहित उपेन्द्र यादव पक्षले आधिकारिकता पाउने सम्भावना देखिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);