काठमाडौं । जनता समाजवादी पार्टी जसपा नेपालको आधिकारिकता विवादमा सनाखत गराउन रेशम चौधरी निर्वाचन आयोग पुगेका छन् ।
टिकापुर घटनामा डिल्लीबजारस्थित जेलमा रहेका चौधरीलाई सनाखत गराउनका लागि आयोगमा ल्याइएको हो । चौधरीले आफ्नो पक्षमा हस्ताक्षर गर्ने अध्यक्ष उपेन्द्र यादवले दाबी गरिसकेका छन् ।
तर ठाकुर पक्षले पनि चौधरीले आफ्नो पक्षमा हस्ताक्षर गर्ने दाबी गरिरहेका छन् । चौधरीले ठाकुर पक्षमा हस्ताक्षर गरेमा ठाकुर पक्षमा १७ कार्यकारिणी सदस्य रहेका छन् ।
निर्वाचन आयोगले आधिकारिकता विवाद टुंग्याउनका लागि जसपाका कार्यकारिणी सदस्यहरुलाई हेड काउन्टका लागि आयोग बोलाएको थियो ।




