देउवा र ओली दुबै हाम्रो लागि प्रतिगमनकारीः राजेन्द्र महतो | ईमाउण्टेन समाचार

Our Network

चैत २८ २०८०, बुधवार

देउवा र ओली दुबै हाम्रो लागि प्रतिगमनकारीः राजेन्द्र महतो

rajendra mahato

काठमाडौं । जनता समाजवादी पार्टी जसपा नेपालका नेता राजेन्द्र महतोले प्रधानमन्त्री शेरबहादुर देउवा र निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली दुबै आफूहरूका लागि प्रतिगमनकारी भएको बताएका छन् ।

सोमबार निर्वाचन आयोगबाट बाहिरिएर सञ्चारकर्मीहरुसँग कुरा गर्दै पूर्व उपप्रधानमन्त्री समेत रहेका महतोले यस्तो बताएका हुन् । महतोले देउवा र ओली दुबै आफूहरुका लागि प्रतिगमनकारी संविधान बनाएको आरोप लगाए ।

जसपाको आधिकारिकता विवाद टंग्याउन निर्वाचन आयोगले पार्टीका कार्यकारिणी सदस्यहरुलाई सनाखतका लागि आयोगमा बोलाएको थियो । जेलमा रहेका सांसद रेशम चौधरी समेत सनाखगका लागि भन्दै आयोगमा ल्याइएको थियो । तर उनले कसैको पक्ष विपक्षमा हस्ताक्षर गर्न आफ्नो नैतिकताले नदिएको भन्दै तटस्थ बसेका थिए ।

५१ सदस्यीय कार्यकारिणी समितिबाट अध्यक्ष उपेन्द्र यादव पक्षमा ३४ सदस्यले हस्ताक्षर गरेका छन् भने अर्का अध्यक्ष महन्थ ठाकुर पक्षमा १६सदस्यले हस्ताक्षर गरेका छन् ।

महतोले आयोगले आफ्नो पार्टी फुटाएको आरोप समेत लगाए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);