‘जनता समाजवादी पार्टी नेपाल’ निर्वाचन आयोगमा दर्ता | ईमाउण्टेन समाचार

Our Network

चैत ९ २०८०, शुक्रबार

‘जनता समाजवादी पार्टी नेपाल’ निर्वाचन आयोगमा दर्ता

nirbachan ayog-janata samajwadi

काठमाडौं, ११ वैशाख । राष्ट्रिय जनता पार्टी नेपाल र समाजवादी पार्टी एकिकृत भई बनेको ‘जनता समाजवादी पार्टी नेपाल’ निर्वाचन आयोगमा दर्ता भएको छ । बुधबार राति राजपा र समाजवादी पार्टीबीच एकता भएको र आज निर्वाचन आयोगमा ‘जनता समाजवादी पार्टी नेपाल’ को निवेदन दर्ता भएको हो ।

दल दर्ता गर्न राजपा अध्यक्ष मण्डलका नेताहरु राजेन्द्र महतो, सरदसिंह भण्डारी, समाजवादीका अध्यक्ष उपेन्द्र यादव, राजेन्द्र श्रेष्ठ लागयतका नेताहरु निर्वाचन आयोगको कार्यालय पुग्नु भएको थियो ।

दल दर्ताका लागि निवेदन दिएपछि संचारकर्मसंग समाजवादीका अध्यक्ष उपेन्द्र यादवले पार्टी एकिकरण भएको जानकारी आयोगलाई दिइएको बताउनुभयो । उहाँले पार्टी प्रति असन्तुष्टी जानाएको भनिएका मोहम्मद इस्तियाक राई र रेणु यादवले समेत पार्टीको काम गरिरहेका र पार्टीको काम प्रति कुनै असन्तुष्टि नरहेको विज्ञप्ति निकालिसकेको बताउनुभयो ।

यस्तै राजपाका नेता राजेन्द्र महतोले दुई पार्टी एक भएको जानकारी निर्वाचन आयोगमा गराएको र एकताको बाँकी काम लकडाउन पछि पुरा गर्ने बताउनुभयो । उहाँले विगत एक वर्ष देखिको प्रकृयालाई टुङ्गोमा पु¥याएको उल्लेख गर्नुभयो । नेता महतोले प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो कुर्सि सुरक्षित गर्न राजपा र समाजवादी पार्टीलाई फुटाउन कसरत गरिरहेकाले त्यस बाट जोगाउन आफुहरु सफल भएको बताउनुभयो ।

पार्टी एकिकरण पछि बनेको नयाँ पार्टीको झन्डा यसअघि समाजवादीले प्रयोग गर्दे आएको हुने छ भने चुनाव चिन्ह राजपाले प्रयोग गर्दै आएको छाता रहने सहमति पनि दुई पार्टी बिच भएको छ ।

यस्तै नेताहरुको कार्यविभाजन पनि छिटै सहमतिमा टुंगो लगाउने नेताहरुले बताएका छन् । नयाँ दल दर्ताका लागि निवेदन दिइएपनि कानूनी मान्यता पाउन बढीमा ४५ दिन लाग्ने छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);