माधव नेपाल नेतृत्वको नयाँ पार्टीको नाम अब 'नेकपा एकीकृत समाजवादी' | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

माधव नेपाल नेतृत्वको नयाँ पार्टीको नाम अब ‘नेकपा एकीकृत समाजवादी’

काठमाडौं । नेकपा एमाले विभाजित गर्दै एमाले समाजवादी दर्ता गर्ने प्रक्रियामा रहेका पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पार्टीको नाम फेरेका छन् ।

यसअघि एमाले समाजवादी दर्ता गर्न निर्वाचन आयोगमा दिएको निवेदन परिवर्तन गर्दै उनले पार्टीको नाम ‘नेकपा एकीकृत समाजवादी’ राख्ने भएका हुन् ।

सर्वोच्चको फागुन २३ को फैसलाले अयोगमा दर्ता रहेको दलको नाम र चुनाव चिन्हसँग मिल्दो-जुल्दो दल दर्ता गर्न नमिल्ने भनेर फैसला गरेका कारण आयोगमा एमाले समाजवादी दर्ता गर्न नमिलेको हो ।

बुधबार नेपालसहितका नेताहरूले नेकपा एमाले समाजवादी नामको दल दर्ता गर्न निर्वाचन आयोगमा निवेदन दिएका थिए ।

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार राजनीतिक दलसम्बन्धी अध्यादेश जारी गरेकी थिइन् ।

अध्यादेश जारी भएपछि एमाले विभाजित गर्दै माधव नेपालपक्षले एमाले समाजवादी र जसपा नेपालको महन्थ ठाकुर पक्षले जनता समाजवादी पार्टी नेपाल (लोकतान्त्रिक) को दर्ता प्रकिया अगाडी बढाएका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);