राष्ट्रपतिद्वारा बागमती प्रदेश प्रमुखमा शर्मा नियुक्त, प्रसाई पदमुक्त | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

राष्ट्रपतिद्वारा बागमती प्रदेश प्रमुखमा शर्मा नियुक्त, प्रसाई पदमुक्त

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बागमती प्रदेशका नयाँ प्रदेश प्रमुखमा यादवचन्द्र शर्मालाई नियुक्त गरेकी छिन् ।

मन्त्रिपरिषद्को बैठक एवंम प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति भण्डारीले शुक्रबार यादवचन्द्र शर्मालाई प्रदेश प्रमुखमा नियुक्त गरेकी हुन् ।

शर्मालाई नेपालको संविधानको धारा १६३ को उपधारा (२) बमोजिम प्रदेश प्रमुखमा नियुक्त गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

त्यस्तै राष्ट्रपति विद्यादेवी भण्डारीले विष्णु प्रसाद प्रसाईलाई पदमुक्त गरेकी छन् ।

प्रसाईलाई नेपालको संविधानको धारा १६५ को उपधारा (१) को खण्ड (ख) बमोजिम पदमुक्त गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);