राष्ट्रपतिद्वारा प्रदेश २ को प्रमुखमा हरिशंकर मिश्र नियुक्त | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

राष्ट्रपतिद्वारा प्रदेश २ को प्रमुखमा हरिशंकर मिश्र नियुक्त

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश २ को प्रमुखमा हरिशंकर मिश्रलाई नियुक्त गरेकी छन् ।

राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा संविधानको धारा १६३ को उपधारा (२) बमोजिम राष्ट्रपतिले मिश्रलाई प्रदेश प्रमुखमा नियुक्त गरेको उल्लेख जनाएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘राष्ट्रपति विद्यादेवी भण्डारीबाट नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०७८/४/३२ गतेको बैठकको निर्णय एवम् प्रधानमन्त्रीको सिफारिसमा नेपालको संविधानको धारा १६३ को उपधारा (२) बमोजिम हरिशंकर मिश्र, महोत्तरीलाई प्रदेश नम्बर २ को प्रदेश प्रमुखमा नियुक्त गर्नुभएको छ। ‘

यसअघि राष्ट्रपतिले मन्त्रिपरिषद्को सिफारिसमा राजेश झा (अहिराज) लाई पदमुक्त गरेकी थिइन् । झालाई नेपालको संविधानको धारा १६५ को उपधारा (१) को खण्ड (ख) बमोजिम पदमुक्त गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

यो पनि पढ्नुहोस

प्रदेश २ का प्रदेश प्रमुख राजेश झा पदमुक्त

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);