राष्ट्रपति भण्डारीद्वारा सातै प्रदेश प्रमुख नियुक्त, सपथग्रहण आज हुँदै | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

राष्ट्रपति भण्डारीद्वारा सातै प्रदेश प्रमुख नियुक्त, सपथग्रहण आज हुँदै

new-pradesh-pramukh

काठमाडौं, १९ कात्तिक । राष्ट्रपति विद्यादेवी भण्डारीले सातै प्रदेशमा नयाँ प्रदेश प्रमुख नियुक्त गर्नुभएको छ । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति भण्डारीले सातै प्रदेशमा प्रमुखको नियुक्ति गर्नुभएको हो ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले सातै प्रदेशका लागि प्रदेश प्रमुखको नाम राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । राष्ट्रपति कार्यालयबाट जारी विज्ञप्तिमा नेपालको संविधानको धारा १६३ को उपधारा (२) बमोजिम मन्त्रिपरिषदको सिफारिसमा प्रदेश प्रमुख नियुक्त गरिएको उल्लेख छ ।

जसअनुसार प्रदेश १ मा सोमनाथ अधिकारी प्यासी, प्रदेश २ मा तिलक परियार, प्रदेश ३ मा विष्णुप्रसाद प्रसाईं, गण्डकी प्रदेशमा अमिक शेरचन, प्रदेश ५ मा धर्मनाथ यादव, कर्णाली प्रदेशमा गोविन्दप्रसाद कलौनी र सुदूरपश्चिम प्रदेशमा शर्मिला कुमारी पन्त प्रदेश प्रमुख बन्नुभएको छ । नवनियुक्त सातै प्रदेशका प्रदेश प्रमुखहरुको सपथ ग्रहण आज हुने भएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);