राष्ट्रपतिसमक्ष सातै प्रदेश प्रमुखले लिए शपथ | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

राष्ट्रपतिसमक्ष सातै प्रदेश प्रमुखले लिए शपथ

sapatha

काठमाडौं, १९ कात्तिक । राष्ट्रपति विद्या भण्डारीले नवनियुक्त प्रदेशका प्रमुखहरुलाई पद तथा गोपनियताको सपथ गराउनु भएको छ ।

राष्ट्रपति भण्डारीले मंगलबार बिहान राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक विशेष समारोहमा नवनियुक्त प्रदेश १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’, प्रद्रेश २ का प्रदेश प्रमुख तिलक परियार, प्रदेश ३ का प्रदेश प्रमुख विष्णु प्रसाईँ, गण्डकी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचन, प्रदेश ५ का प्रदेश प्रमुख धर्मनाथ यादव, कर्णाली प्रदेशका प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनी र सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख शर्मिलाकुमारी पन्तलाई पद तथा गोपनियताको सपथ खुवाउनु भएको हो । राष्ट्रपति भण्डारीले सोमबार सरकारको सिफारिसमा उहाँहरुलाई प्रदेश प्रमुखमा नियुक्त गर्नु भएको थियो ।

समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधिश चोलेन्द्र शमशेर जबरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेल, मन्त्रीहरु, संवैधानिक अंगका प्रमुखहरु, नेपाल सरकार उच्च पदस्थ कर्मचारीहरुको पनि सहभागिता रहेको थियो । यस अघि गत कार्तिक १७ गते आईतबार बसेको मन्त्रीपरिषद बैठकले शेरबहादुर देउवा नेतृत्वको सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीले नियुक्त गर्नु भएका सबै प्रदेशका प्रदेश प्रमुखहरुलाई पदमुक्त गरिएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);