धर्नामा बसेका दुई दर्जन अस्थायी शिक्षक पक्राउ | ईमाउण्टेन समाचार

Our Network

जेठ २१ २०८३, शुक्रबार

धर्नामा बसेका दुई दर्जन अस्थायी शिक्षक पक्राउ

pakrau

धनुषा, १९ कात्तिक । प्रदेश २ को मुख्यमन्त्री कार्यालय अगाडी धर्नामा बसेका अस्थायी शिक्षकहरुलाई मगंलबार प्रहरीले पक्राउ गरेको छ । मगंलबार बिहान १० बजे देखि मुख्यमन्त्री कार्यालय अगाडी धर्नामा बसेका करिब दुई दर्जन अस्थायी शिक्षकहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

गत साउन १७ गते प्रदेश समन्वय परिषदको बैठकमा भएको सम्झौता कार्यन्वयन नभएको भन्दै अस्थायी शिक्षकहरु धर्नामा बसेका हुन् । आफुहरुलाई साविकको विद्यालयमा नै फर्काउने भएको सहमति अहिलेसम्म कार्यान्वयन नभएको र माग पुरा नभए सम्म आन्दोलन जारी रहने अस्थायी शिक्षकहरुको आन्दोलन परिचालन समितिका सह अध्यक्ष विनोद यादवले बताउनु भयो ।

सोमबार प्रदेश २ का अस्थायी शिक्षकहरुले मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालय अगाडी दिउँसो आधा घण्टा चक्काजाम गरेका थिए । देशभरमा मात्र एक प्रतिशत मधेशी शिक्षकहरु अस्थाई भएकाले सरकारले विभेद गर्दै विगतका सम्झौताहरु मिचेर नयाँ विधेयक लागु गरेको आन्दोलनरत्त शिक्षकहरुले बताएका छन् ।