नेपाल शिक्षक महासंघ नगर समितिद्वारा नेपालगन्ज उपमहानगरपालिका परिसर भित्र धर्ना | ईमाउण्टेन समाचार

Our Network

वैशाख २८ २०८१, शुक्रबार

नेपाल शिक्षक महासंघ नगर समितिद्वारा नेपालगन्ज उपमहानगरपालिका परिसर भित्र धर्ना

बाँके । बाँकेको नेपालगन्ज उपमहानगरपालिका परिसर भित्र नेपाल शिक्षक महासंघ नगर समितिले धर्ना दिएको छ ।

नेपाल शिक्षक महासंघको चौथो चरणको आन्दोलन अन्र्तगत आन्दोलन परिचालन समितीको संयोजनमा शिक्षक, कर्मचारी, बाल विकास शिक्षकहरु पालिका स्तरीय धर्नामा बसेका हुन् ।

शिक्षा ऐनले बाल विकासका शिक्षकहरुलाई शिक्षकको दर्जा दिएपनि न्युन ज्याला पाईरहेको उनिहरुको भनाई छ । सरकारले बजेटमा १५ हजारको व्यवस्था गरेपनि ६ हजार मात्र पाईरहेको उनिहरुको गुनासो छ । माग पुरा नभएसम्म आन्दोलन जारी रहने नेपाल शिक्षक महासंघ नगर समितीले जनाएको छ ।

उनिहरुले सरकारसँग विगतमा भएका सहमती र सम्झौता कार्यान्वयन हुर्नुपर्ने लगायत ३४ बुँदे माग राखेका छन् ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);