कपिलवस्तुमा भारतीय बाँधले पु-याएको क्षतिको अनुगमन | ईमाउण्टेन समाचार

Our Network

चैत २ २०८०, शुक्रबार

कपिलवस्तुमा भारतीय बाँधले पु-याएको क्षतिको अनुगमन

कपिलवस्तु । कपिलवस्तुमा भारतीयले एकपक्षीय रूपमा बनाएको बाँध र त्यसले पु-याएको क्षतिको अनुगमन गरिएको छ ।

सिमाको निगरानी गर्ने जिम्मेवारी पाएको सश्स्त्र प्रहरी गण नं. २८ का प्रहरी उपरिक्षक धुब्र कार्कीको नेतृत्वमा महली सागर बाँधको अनुगमन भएको हो ।

बाँधका कारण नेपालको ७ सय बिगहा खेती योग्य जमिन डुबानमा पर्दै आएको छ नेपालको पानी भारतले महलीसागरमा रिर्जभ गरि आफ्नो भूमि सिचाँई गर्दै आइरहेको छ । भने भारतले बनाएको बाँधका कारण नेपाल डुबानमा पर्दै आएको छ ।

प्रहरी उपरिक्षक कार्कीले भारतको एस एस बि सँग समन्वय गरि बाँधले नेपालमा डुबानले पु¥याएको क्षतीको बारेमा जानकारी गराए । बैठकमा बाँधको समस्या हल गर्नका लागी समन्वय गर्ने बताइएको छ ।

सिमावर्ति क्षेत्रमा भारतले १४ वटा फाटक लगाएर बाँध थुन्दा नेपाल तर्फ डुबान भएको हो । बाँधको पानीले भारतमा धान रोपाइ भइरहेको छ, भने नेपाली भू–भाग डुबानमा पर्दै आएको छ ।

यही पानीबाट भारतले १सय २० हेक्टरमा सिँचाइ गर्दै आएको छ । स्थानियले २५ वर्षदेखि यो समस्या झेल्दै आएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);