भारतीय बाँधका कारण कपिलवस्तुमा हजारौ बिगाह खेतीयोग्य जमीन डुवानमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ९ २०८१, आइतबार

भारतीय बाँधका कारण कपिलवस्तुमा हजारौ बिगाह खेतीयोग्य जमीन डुवानमा

शम्भु माली
कपिलबस्तु, ३० भदौ । भारतीय बाँधका कारण कपिलवस्तु जिल्लामा हजारौँ बिगाह खेती योग्य जमिन डुवानमा पर्दै आएको छ । जिल्लाको यशोधरा गाँउपालिकाको ७ र ८ वडाको दुई हजारभन्दा बढी बिगाहा खेती योग्य जग्गामा उब्जनी नहुने भएको छ ।

यसैगरी महाराजगंज नगरपालिकाको वडा नं. ८ र १० का दुई हजार बढी विगाहा खेती योग्य जग्गा बगरमा परिणत भएको छ । भारतीय बाँधले गरेर नेपालको तराई क्षेत्र हरेक बर्षातमा डुवानमा पर्दै आएको छ ।

सुख्खा समयमा भने बाँध खोलेर नेपालमा पानी अभाव हुने गरी लाने अनि बर्षाको समयमा तराई डुवानमा पर्ने गरी खोल्न आनाकानी गर्ने भारतीय प्रवृतिले तराईका बासिन्दाहरु बर्षौँदेखि पीडित छन् ।

भारत उत्तर प्रदेश सिद्धार्थनगर जिल्ला शोहरतगढ क्षेत्र अन्तरगत र जिल्लाको नेपाल सिमाको दश गजा देखि नजिकै शोहरतगढ तहसिलमा पर्ने झरुवा(हेटवा) नदीमा १६ वटा बाँध निर्माण गरेपछि नेपालको खेती योग्य जमिन डुबानमा पर्ने भएकोले स्थानीय बासी चिन्तित भएका छन् ।

सो बाँध निर्माण भए पछि जग्गा डुबानका कारण रोपिएका धानबाली नष्ट हुने स्थानीयहरुको पीडा छ । दक्षिणका २० गाउँ डुबानबाट प्रभावित हुने छन् । बाँध निर्माण पछि रोपिएका अन्न बाली नष्ट हुने वर्ष दिन भरी खेती गरेर परिवार पाल्ने खेत बाढीले बगरमा परिणत हुन जाने भएकोले सर्वसाधारण निकै चिन्तित बनेका छन् ।

यस क्षेत्रबाट नजिकै रहेको भारतीय बाँधका कारण नेपालको हजारौं बिगाहा उब्जनी जग्गामा केही उत्पादन हुँदैन । भारतलाई पानी चाहिएको बेला बाँधको १६ वटै फाटक खोली नदीको पुरै पानी लैजान्छ ।

त्यतिबेला नेपालतर्फ भने सुख्खा हुन्छ । भारतले असार साउनमा पानी बढी परी बाढी आएको बेला भने बाँधको १६ वटै फाटक बन्द गर्ने गर्छ ।

यसरी बर्षाैँदेखि भारतीय बाँधका कारण तराईका बासिन्दाहरु मारमा परेका छन् । बाँधले गर्दा खेतीमा निर्भर रहेका सयौँ कृषक परिवारहरुको बिचल्ली भएको छ । वर्षेनी यस्तो समस्या देखिए पनि प्रदेश सरकार र केन्द्र सरकारले अझै ध्यान दिएको छैन । तीन तहको सरकारको वेवास्ताका कारण स्थानीयवासिन्दा अहिले पनि निरास छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);